चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात — OSNepal

चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात

LC (KTM) August 31, 2022 0

काठमाडौं । नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ । नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तथ्यांकले देखाएको छ ।

नेपालले गत आ.व. २०७८/०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तथ्यांक छ । भन्सार विभागका अनुसार गत आ.व.मा नेपालले ५ अर्ब ९८ करोड ९५ लाख रूपैयाँ बराबरको स्याउ चीनबाट आयात गरेको हो । गत आ.व.मा चीनबाट स्याउ आयात २.८ प्रतिशतले बढेको छ ।

अघिल्लो आ.व. २०७७/०७८ मा नेपालले ५ अर्ब ८३ करोड ४० लाख रुपैयाँ बराबरको स्याउ आयात गरेको थियो भने त्यसअघिको वर्षमा ३ अर्ब २२ करोड ७० लाख रूपैयाँ बराबरको स्याउ चीनबाट आयात गरेको तथ्यांक छ ।

नेपालले भेरै मुलुकबाट स्याउ आयात गर्ने भए पनि चिनियाँ स्याउको एकाधिकार जस्तै रहेको व्यवसायीहरूले बताउँदै आएका छन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर