स्कुलका बच्चालाई अटोको छतमा राखेर तिब्र गतिमा हाँक्ने यी को हुन् ? बच्चाको सातो जानेगरी किन गरे यस्तो मुर्ख काम ? — OSNepal

स्कुलका बच्चालाई अटोको छतमा राखेर तिब्र गतिमा हाँक्ने यी को हुन् ? बच्चाको सातो जानेगरी किन गरे यस्तो मुर्ख काम ?

LC (KTM) August 31, 2022 0

एजेन्सी । स्कुलका साना साना बच्चालाई अटोको छतमा राख्न कति सुरक्षीत हुन्छ < स्कुलका बच्चाले भरिएको एउटा अटोको भिडियो अहिले माजिक संजालमा भाइरल बनिरहेको छ ।

भाइरल भिडियो भारत युपीको हो । भाइरल भिडियोमा ड्राइभरले बच्चालाई छतमा राखेर निकै डरलाग्ने गरी अटो हाँकेका छन् ।११ देखी १३ वर्षका ३ बच्चालाई अटोको छतमा राखेर अटो हाँकेको यो डर लाग्दो दृश्यको भारतमा मात्रै नभएर संसारभर बिरोध भएको छ ।

बच्चाको ज्यान जान सक्ने भन्दै चालकको कदमको सबैले आलोचना गरेका छन् । भिडियो बाहिर आएपछि बरेली पुलिसले सोही भिडियोका आधारमा तत्काल अनुुसन्धान सुरु गरेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

भारतिय पुलिसले बच्चाको आमा बाबुको सम्पर्कमा गएर अनुसन्धान सुरु गरिसकिएको जनाएको छ ।

यद्यपी ड्राइभरको पहिचान भने अहिलेसम्म खुलेको छन । र हाल चालकको खोजी प्रहरीले छुट्टै टिम नै खटाएर सुरु गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर