किसान सुस्कीले सबैभन्दा लामो काँक्रो फलाएर राखे विश्व कीर्तिमान — OSNepal

किसान सुस्कीले सबैभन्दा लामो काँक्रो फलाएर राखे विश्व कीर्तिमान

LC (KTM) August 31, 2022 0

काठमाडौं ।

सबैभन्दा लामो काँक्रो फलाएर बेलायती किसानले विश्व कीर्तिमान कायम गरेका छन् । सेबास्टियन सुस्कीले १ सय १३ दशमलब ४० सेन्टिमिटर लामो काँक्रो फलाएर गिनिज बुकमा आफ्नो नाम लेख लेखाउन सफल भएका हुन् ।

पोल्याण्डमा जन्मिएका सेबास्टियन साउथह्याम्पटनको लर्डशिलमा परिवार सहित बस्दै आएका छन् । उनले त्यहा मौरीपालन व्यबसाय गर्दै आएका छन् । ७ वर्षदेखि ठूलो आकारका तरकारीहरु फलाउँदै आएका सेबास्टियनले कीर्तिमानी काँक्रो फलाउने प्रयास यसअघि पटक पटक प्रयास गरेपनि उनी बल्ल आएर सफल भएका हुन् ।

यसअघिको कीर्तिमानधारी काँक्रोभन्दा सेबास्टियनले फलाएको काँक्रो ६ सेन्टिमिटर लामो रहेको बताइएको छ । ४४ वर्षीय सेबास्टियन ले अत्यधिक लामो आकारका काँक्रो फलाउनु निकै जोखिमपूर्ण काम भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर