बुधबार चलेन वर्ल्ड लिंकको इन्टरनेट, नेट नचलेका बेला पैसा काटेको भन्दै सेवाग्राहीले घेरे वर्ल्ड लिंकको कार्यालय — OSNepal

बुधबार चलेन वर्ल्ड लिंकको इन्टरनेट, नेट नचलेका बेला पैसा काटेको भन्दै सेवाग्राहीले घेरे वर्ल्ड लिंकको कार्यालय

LC (KTM) June 23, 2021 0

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको इन्टरनेट नचलेपछि सेवाग्राहीहरु आक्रोशित बनेका छन् । सेवाग्राहीले महंगो शुल्क तिर्नु पर्दा पनि वर्ल्ड लिंकको इन्टरनेट नचलेको भनदै बुधबार वर्ल्डलिंकको कार्यालय घेराउ गरेका छन् ।

कोटेश्वरमा स्थानीयले वर्ल्डलिंकको काठमाडौंस्थित कोटेश्वरमा शाखा घेराउ गदै इन्टरनेट नचलेको, कस्टमर केयर सिस्टम राम्रो नभएको, इन्टरनेट नचलेको समयमा पनि रकम काटिएको, भनेको समयका सेवाग्राहीको फोन नउठाएको लगायतका गुनासा गरेका छन् ।

बुधबार काठमाडौँका सामाखुशी, अनामनगर, नयाँ बानेश्वर, कोटेश्वर, लगायतका स्थानमा वर्ल्ड लिंकको इन्टरनेट लामो समय नचलेको बताइन्छ । नेपाल दूरसञ्चार प्रधिकरणले चैत २०७७ मा सार्वजनिक गरेको एमआइएस प्रतिवेदनका अनुसार वर्ल्ड लिंकका देशभर ४ लाख ६८ हजार भन्दा बढी ग्राहक छन् भने नेपाल टेलिकमको एडिएसल र एनटी फाइवर प्रयोग गर्नेको संख्या २ लाख ८९ हजार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर