सरोज प्रजा र बिना राउत अभिनित 'लौन गारो भो' सार्वजनिक (भिडियो सहित) — OSNepal

सरोज प्रजा र बिना राउत अभिनित ‘लौन गारो भो’ सार्वजनिक (भिडियो सहित)

LC (KTM) August 31, 2022 0

काठमाडौं । पछिल्लो पुस्तामाझ लोकप्रिय मोडलको छवि बनाएका सरोज प्रजाको साथमा बिना राउत, रोशन पाण्डे, सिर्जना चन्द र दिनेश दर्जी अभिनित मनोरञ्जक गीतको भिडियो सार्वजनिक भएको छ । डा. आदित्य जोशीको शब्द तथा कर्ण संज्यालको संगीतमा लौन गारो भो बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा रचना रिमाल र गीतकारसमेत रहेका आदित्य जोशीको स्वर रहेको छ भने केशव बडुको एरेञ्ज रहेको छ । संगीतकार संज्यालले नै गीतको रेकर्डिङ गरेका हुन् । एक्सन स्टुडियो नेपालमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ र मास्टरिङ गोविन्द सोनीले गरेका छन् ।

श्रृंगारिक, हाँस्य र नृत्यलाई प्राथमिकतामा राखेर कथात्मक शैलीमा निर्माण गरिएको भिडियोलाई रोमाञ्चक तरिकाले निर्माण गरिएको छ ।दुर्गा वान्तवा राईले निर्देशन गरेको भिडियोमा सरोज प्रजाको कोरियोग्राफी, मनोज राई र निर्देशक राईको छायाँकन तथा मनोज राईको सम्पादन रहेको छ ।भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर