निरन्तर घट्दो क्रममा छ भारतमा कोरोना, संक्रमण दर मृत्युदर दुबै घट्यो — OSNepal

निरन्तर घट्दो क्रममा छ भारतमा कोरोना, संक्रमण दर मृत्युदर दुबै घट्यो

LC (KTM) June 24, 2021 0

काठमाडौँ– भारतमा थप ५४ हजार ३१९ जनामा कोरोना को संक्रमण पुष्टि भएको छ ।छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार १७औँ दिन हो । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ८२ हजार १६९ पुगेको छ ।

भारतमा ६ लाख ३३ हजार ५४६ जना संक्रिय संक्रमित छन् ।त्यस्तै कोरोनाका कारण एकै दिन ९७८ संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण मृतयु हुनेको सख्या ३ लाख ९२ हजार १४ पुगेको छ ।

यो पनि, चितवनमा असार १७ सम्म निषेधाज्ञा थप, निजी सवारीमा जोरबिजोर प्रणाली- चितवनमा खुकुलो बनाएर असार १७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्ने र पसलहरु सातामा तीन दिन खुल्न पाउने गरी निषेधाज्ञा थप गरिएको जनाएको छ ।

शुक्रबारदेखि गतेअनुसार निजी सवारी साधन जोर बिजोर प्रणालीमा सवारी साधन चल्न पाउनेछन् । यसैगरी भाँडा, कपडा, फेन्सी, कस्मेटिक तथा गिफ्ट, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्टस्, जुत्ता चप्पल, टेलरिङ र प्रेस पसलहरु हप्ताको आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म मात्रै सञ्चालन हुन पाउने प्रशासनले जनाएको छ । होटल रेष्टुरेन्ट तथा मिठाइ पसलले बेलुका ६ बजेसम्म मात्रै टेकअवे सेवा सञ्चालन गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर