महंगीको मारमा जनता, चुपचाप सरकार — OSNepal

महंगीको मारमा जनता, चुपचाप सरकार

LC (KTM) September 04, 2022 0

रुषा थापा

दशैँकै मुखमा आयल निगमले मट्रितेल तथा डिजेलको मूल्यवृद्धि गप्यो । अब यातायात व्यवसायीहरुले पनि डिजेलको मूल्य बढेको बहाना बनाएर दशैँको समयमा सार्वजनिक सवारीसाधनको भाडा अभिवृद्धि गर्न सरकारलाई दबाब दिने छन् । सरकारले पनि अब यातायात व्यवसायीहरुको कुरा सुनेर भाडा बढाउँछ र जनतालाई मारमा पार्छ । अब जनता झन् दशैँको समयमा महंगोको मारमा पर्ने छन् ।

सरकारले एक वर्षमा चार पटक सार्वजनिक यातायातको भाडा बढायो र अब दशैँको समयमा डिजेलको मूल्य बढेको बहाना बनाएर यातायात व्यवसायीहरुले अग्रिम टिकटको बुकिङ् भाडा नबढाइ खोल्दैँनन् । यसरी भाडा बढेपछि आर्थिक कमजोर भएका मानिसहरु दशैँ मान्न आफ्नो गाउँघर समेत जान पाउँदैनन् । दशैँको मुखमा यसरी निगमले डिजेल र मट्रितेलको मूल्य अभिवृद्धि गर्दा कुनै पनि संगठन मूल्य फिर्ता लिनका लागि सडकमा उत्र्रिएको छैन ।

साथै यता विपक्ष दल एमाले पनि यो मूल्य अभिवृद्धि फिर्ता लिनका लागि न सदनमा बोल्छ न सडकमा नै उत्र्रिन्छ । अहिले जनताहरु भन्छन् के नेपालको सदनमा विपक्ष दल एमाले पनि छ र । यदि भएको भए सदनमा किन महंगीको विरोध गरिदैँन । के विपक्ष दल एमाले डरका कारण दुलोमा छिरेको हो । जनताको आवाज उठाउन नसक्ने यस्तो एमाले पार्टीलाई के अब आउने निर्वाचनमा जनताले मत देलान् । २०७४ सालको चुनावमा त केपी ओली शर्माको ऊखान टुकाले काम गरेको थियो र जनताले मत दिएका थिए तर अब ओलीको ऊखान टुकाले काम पनि गर्ने छैन र जनताले मत पनि दिने छैनन् ।

महंगीको त विरोध गर्न नसक्ने एमाले पार्टीले सरकारमा पुगेर देश र जनताको हितमा काम गर्छ भनेर जनताले कसरी विश्वास गर्ने । एमाले पार्टीबाट चुनाव जितेर गएका सांसदहरु सदनमा नुन नखाएको मानिससँग देखिन्छ वा सदनमा निदाएर बसिरहेको भेटिन्छ । सदन त जनताको कुरा उठाउने थलो हो तर एमाले पार्टीबाट गएका सांसदहरु त सदनमा नै निदाएर बस्छन् । उनीहरु न जनताको लागि सदनमा केही बोल्छन् न केही गर्छन् । जनताले तिरेको करबाट तलबभत्ता खान्छन्, सरकारी गाडी चढ्छन् तर सदनमा जनताको कुरा उठाउनुको साटो निदाएर बस्छन् ।

विपक्ष दल एमाले सदनमा कमजोर हुँदा वा जनताको आवाज नउठाउँदा आज जनता महंगीका कारण भोकभोकै मर्ने दिन आइसकेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली सदनमा गएर जनताको कुरा उठाएको पनि देखिदैँन र अगामी चुनावमा जनताले एमालेलाई बहुलमत दिन्छ र फेरि पनि एमालेको नै सरकार आउँछ भनेर खोक्रो भाषणा बोल्दै हिडिरहेका हुन्छन् । २०७४ सालको चुनावमा देशैभरिका नेपाली जनताले एमाले पार्टीलाई भोट दिएर ठुलो पार्टी बनाए । यसरी जनताले एमालेलाई ठुलो पार्टी बनाएपछि एमाले पार्टीले सरकार बनायो ।
साथै एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भए तर सरकार चलाउन नसकेर दुई पटक सांसद विगठन गरे । यसरी सरकार चलाउन नसकेर दुई पटक सांसद विगठन गरेका एमाले पार्टीलाई के अब पनि जनताले भोट देलान् । अहिले बजारमा जनताहरु भन्छन् अगामी चुनावमा एमाले पार्टीले बढीमा ७÷८ सिट जित्छ ।
एमाले पार्टी अब ५ वर्षसम्म विपक्ष दल भएर सदनमा बस्ने छ । अहिले विपक्ष हुँदा पनि जनताको कुरा उठाउन सकेको छैन भने चुनावपछि पनि सदनमा जनताको कुरा उठाउन सक्ने छैन । महंगी घट्दैन विपक्ष दल एमाले विरोध गर्न सक्दैन । जहाँ विपक्ष दल बलियो हुन्छ त्यहाँ सरकारले काम गर्छ तर जहाँ विपक्ष दल नै कमजोर हुन्छ त्यहाँ सरकार पनि भ्रष्टाचार गरेर काम नगरी बस्छ ।

साथै अब दशैँको अवसरमा विभिन्न व्यापार तथा व्यवसायी गर्नेहरुले पनि सामानको मूल्य बढाउने गर्छन् । राजनितिक दलका विघार्थी संगठनहरु र उपभोक्तावादीहरु अहिले कहाँ हराए , कतै दुलोतिर त छिरेनन् । अहिले किन महंगीको विरोध उनीहरु सडकमा आउँदैनन् । महंगाीका कारण जनताको घरको चुलोमा बिहान र बेलुका नै आगो बल्ने छोडिसकेको छ । यता सरकार पनि बजार अनुगमन गर्दैन भने व्यापारीहरु पनि जनतालाई ५ रुपैँयाको सामान १५ रुपैँयामा बेचेर ठगिरहेका छन् ।
यस्तो हुँदा पनि राजनितिक दलका विघार्थी संगठनका नेताहरु हामी जनताको आवाज हौँ, हामी जनताको लागि नै हौँ भन्छन् तर व्यापारीहरुले यसरी सामानको मूल्य बढाएर जनता बाँच्न नै नसक्ने अवस्थामा पुग्दा यिनीहरु हराउँछन् । साथै यिनीहरु अहिले दशैँ मान्नका लागि व्यापारीसँग खर्च र आयल निगमसँग कमिशन वा चन्दा लिइरहेका छन् । यिनीहरु व्यापारी र आयल निगमको अगाडि कमिशन वा पैसा खाएर लम्पसार पर्ने अनि नारा भने चाहिँ जनताको लगाउने गर्छन् ।

विघार्थी संगठनमा भएका नेताहरुको न जागिर नै छ न कुनै व्यापार, व्यवसाय नै रहेको छ । यिनीहरुको पेशा नै राजनिति हो तर राजनितिले मात्र त पेट भर्दैन त । आफ्नो पेट भर्नका लागि त पैसाको पनि त आवश्यकता पर्छ नि त । यिनीहरु दिउँसो महंगी वा आयल निगम र व्यापारीको विरोध गर्छन् र रात उनीहरुकै घरमा कमिशन लिन पुग्छन् । यिनीहरुले दुई रुप लिएर हामी जनतालाई उल्लु बनाइरहेका छन् ।

यस्ता दोहोरो चरित्र भएका नेताहरुबाट जनताले के आशा गर्ने र यस्ताबाट देशमा विकास हुन्छ भनेर हामीले कसरी विश्वास गर्ने । यिनीहरु त आयल निगम र व्यापारीहरुबाट चलाएको संस्था हो । व्यापारीहरुले मूल्य बढाउँदा त्यसको विरोध विघार्थी संगठनले गर्ने गर्छ तर पहिला मूल्य बढाउनु अघि नै व्यापारीहरुले विघार्थी संगठनको मुख बन्द गर्नका लागि पैसा दिने गरेको हुन्छ ।
यसरी पैसा वा कमिशन पाएपछि विघार्थी संगठनहरु चुपचाप बस्छन् भने व्यापारीहरुले जनतालाई ठग्ने गर्छन् । एकलाई पैसा भए पुग्छ भने अर्कोलाई जनता ठग्न पाए पुग्छ । राजनितिक दल वा राजनितिक दलका विघार्थी संगठनहरुलाई यसरी कमिशन तथा पैसा दिएर व्यापारीहरुले जनता ठगिरहेका छन् । राजनिति गर्ने व्यक्ति वा राजनितिक दलका विघार्थी संगठनहरुका कुनै जागिर हुदैँन जसले गर्दा यिनीहरु भन्ने समय जनता र राष्ट्र भन्छन् तर काम गर्ने समयमा व्यापारीहरुको गर्ने गर्छन् ।

यसरी व्यापारीहरुले राजनिति दललाई कमिशन वा पैसा दिनुपर्दा उनीहरु सामानको मूल्य बढाउँछन् र जनता लुट्छन् । यहाँ नाम भने जनताको लिइन्छ तर काम भने व्यापारीको गरिन्छ । जनताको नै नाम बेचेर आफू कमाउने र पदमा पुग्ने तर पनि जनता ठग्न नछोड्ने । के व्यापारीहरुले विघार्थी संगठनलाई पैसा दिएर पर्दाभित्र बसेर जनता ठग्नु अपराध होइन र । पछिल्लो समय पसल नै पिछे सामानको मूल्य फरक र सार्वजनिक सवारीसाधनले यात्रुसँग मनलागि भाडा लिइरहेको पाइन्छ तर यस्तो हुँदा पनि महंगीको विषयमा न राजनितिक दलहरु सदनमा कुरा उठाउँछन् न सरकार नै बजार अनुगमन गर्छ ।

देश राजनितिक दल वा सरकारले चलाउनुपर्ने हो तर राजनितिक दलहरुलाई नियन्त्रणमा अहिले व्यापारीहरुले लिएका छन् । अब झन् निर्वाचन आउन लागेको छ अब झन् व्यापारीहरुले सामानको मूलय बढाउँछन् र राजनितिक दल वा विघार्थी संगठनहरु चुपचाप बस्छन् । किनभने यदि यिनीहरु चुपचाप बसेनन् भने अगामी निर्वाचनका लागि यिनीहरुले खर्च कताबाट जुटाउने । व्यापारीहरुले आगामी चुनावका लागि राजनितिक दललाई दिएको पैसा अब व्यापारीहरुले सामानमा जोडेर जनतासँग असुल्ने गर्छ । पैसा खानेबेला राजनितिक दलहरु खान्छन् र त्यसको भुक्तानी भने जनताले गर्नुृपर्छ ।

पछिल्लो समय बजारमा दिउँसो दुई गुना र राती चार गुना सामानको मूल्य व्यापारीहरुले बढाइरहेका छन् । तर यो मूल्य अभिवृद्धिको बारेमा विरोध गर्ने उपभोक्तावादीहरु प्रेम महर्जन, जोती बाँनिया र माधव तिल्मसिना सडकमा उत्र्रिदैँनन् । यिनीहरु पनि दिउँसो मिडियामा महंगीको विरोध गर्छन् भने राती व्यापारीको घरमा कमिशन लिन पुग्छन् । न यिनीहरुले गरेको विरोध व्यापारीले नै सुन्छ न जनता नै यिनीहरुको साथमा छन् । यिनीहरु सञ्चारमाध्यममा महंगीको विरोध गरेर हिरो बन्छन् र व्यापारीहरुसँग पैसा खाने गर्छन् ।
यिनीहरु जस्ता दलालीहरु जनताको नाम बेच्छन् र आफू कमाउने गर्छन् । यिनीहरु व्यवसायीहरुले पालेका सघसंस्थाहरु हुन् । यिनीहरु पैसा नदिने व्यापारीहरुको विरोध गर्छन् भने पैसा दिनेले जतिसुकै महंगो , बिग्रिएको सामान बेचे पनि विरोध गर्दैनन् । साथै यिनीहरुले अफिसको भाडा तिर्न र घर खर्च चलाउन सबै पैसा व्यापारीहरुबाट नै असुल गर्ने गर्छन् ।
साथै संस्थाको साधारण गर्दा त्यहाँ लाग्ने खर्च पनि सबै व्यापारीहरुबाट नै लिने गर्छन् । जो व्यापारीसँग खर्च लिएर आफ्नो स्वार्थ पुरा गर्छ के त्यस्तो मानिसहरुले पनि जनताको हितमा काम गर्छ । यस्ता सघसंस्थाहरुले जनताको भन्दा व्यापारीहरुको हितमा काम गर्दा आज महंगीले सीमा नाघ्रयो र गरिबहरु मर्ने दिन आयो ।

अहिलेपनि हामी नेपाली नागरिकहरु महंगीले सीमा नाघ्रदा पनि सडकमा उत्र्रिदैँनौँ र अर्कोले गरिदिए हुथ्यो भनेर बस्छौँ । अब जनताहरु कि महंगीको विरोधमा सडकमा आउनुपर्छ होइन भने यस्ता राजनितिक दललाई बहिष्कार गर्नुपर्छ । राजनितिक दलहरुले व्यापारीहरुसँग पैसा नलिने र सामानको मूल्य निर्धारण सरकारले गर्ने हो भने अहिले बजारमा जुन सामानको मूल्य रहेको त्यो सत्तै घट्ने छ ।

कुनै समय व्यापारी तथा भारतको विरोध गरेर चर्चमा आएका राजनितिक दलहरु अहिले भारतको अगाडि लम्पसार परे र व्यापारीहरुसँग आर्थिक लेनदेन गरे । राजनितिक दल तथा विघार्थी संगठनका नेताहरुले एउटा नेता बन्ने बित्तिकै काठ्माडौँमा घडेरी किन्छन् र पार्टीलाई करोडौ पैसा दिएर टिकट लिन्छन् साथै करोडौँ खर्च गरेर चुनाव जित्छन् । अनि यो सबै पैसा चाहिँ कताबाट आउँछ नि त ।

राजनितिक दल वा विघार्थी संगठनहरुले जनता र राष्ट्रको हितमा भन्दा पनि आफ्नो र व्यापारीहरुको हितमा बढी काम गरेको पाइन्छ । अहिले पनि कति व्यापारीहरु राजनितिक दललाई पैसा दिएर सांसद समेत बनेका छन् । राजनितिक दलहरु पनि जनता र राष्ट्रको नाम लिन्छन् र काम गर्ने बेला व्यापारीहरुको गर्ने गर्छन् । यिनीहरु पनि व्यापारीहरुसँग नै आर्थिक लेनदेन गरेर धनसम्पत्ति जोड्ने गर्छन् । यिनै राजनितिक दल वा सरकारले विदेशी ऋण लिएर देशलाई नै डुबाए र एक जोर चप्पल किनेर खुट्टामा लगाउन नसक्ने मानिसको टाउकोमा आज विदेशी ऋण ७१ ह्जार पुप्याए । आफूले विदेशीसँग ऋण लिएर मोजमस्ती गरे तर हामी जनताको टाउकोमा ऋण बोकाए ।

पछिल्लो समय राजनितिमा धेरै बेथितिहरु पmैलिदैँ आएको छ र अहिले राजनिति सेवा नभई व्यापार बनिरहेको छ । यस्तो हुँदा पनि शुद्धीकरण विभागले यिनीहरुको सम्पत्ति छानविन गरेको छैन । अब विभागले यस्ता ठग राजनितिक दल र विघार्थी संगठनहरुको सम्पत्ति छानबिन गर्ने हो भने यिनीहरुले कमाएको सम्पूर्ण सम्पत्तिहरु बाहिर आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर