बिरही कार्कीको ‘मायाको ढोका खोलिदेउ’ मा सागर लम्साल ‘बले’ र शिल्पा पोखरेलको अभिनय — OSNepal

बिरही कार्कीको ‘मायाको ढोका खोलिदेउ’ मा सागर लम्साल ‘बले’ र शिल्पा पोखरेलको अभिनय

LC (KTM) September 04, 2022 0

काठमाडौं । लोकप्रिय गायक बिरही कार्कीको पछिल्लो सांगीतिक कोशेली ‘मायाको ढोका खोलिदेउ’ एक भव्य समारोहका बीच लोकार्पण गरियो । म्यूजिक खबरको आयोजनामा नयाँबानेश्वरस्थित एभरेष्ट लाउन्जको सभाहलमा आयोजित कार्यक्रममा संगीतका शिखर पुरुष बरिष्ठ गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसैगरि विशेष अतिथीको रुपमा उपस्थित बरिष्ठ गीतकार डा. राजुबाबु श्रेष्ठ गायक, गीतकार संघका उपाध्यक्ष बसन्त वित्यासी थापा, सञ्चारकर्मी एवं सामाजिक अभियन्ता कृष्ण कँडेल, एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, स्मार्ट फोरके टेलिभिजनका समाचार प्रमुख सरोज कोइराला, गायिका अन्जु पन्त, अभिनेत्री शिल्पा पोखरेल, मोडल सागर लम्साल बले लगायत कार्यक्रममा विशिष्ट कलाकारहरु, पत्रकारहरु र संगीतअनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सञ्चारकर्मी सुमन बैरागी पण्डितले उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए । त्यस्तै बरिष्ठ पत्रकार गोबिन्द गिरीले गायक बिरही कार्कीको व्यक्तित्व र सांगीतिक क्षेत्रमा पु¥याएको योगदानका बारेमा प्रकाश पारेका थिए ।गीतमाथी आफ्नो अत्यन्त आकर्षक समालोचकीय मन्तव्य प्रस्तुत गर्दै डा. राजुबाबु श्रेष्ठले गीतको बिधामा लोक गीत सबैभन्दा माथी भएको दृष्टान्त सहित मन्तव्य राखे । उनले बिरहीको व्यक्तित्व र कृतीत्व प्रशंसा गर्दै लोकगीत भनेको माटो र समाज बोल्ने भएकाले सफल भएको सुनाएका थिए । गायक विरही कार्की वियोगान्त गीतहरुमा बढी रमाउने गायक भएको बताउँदै यसपाली भने हाँसेर बोल्नका लागि अनुरोध गरेको बताए ।

त्यसैगरी गायक विरही कार्कीले बाध्यता र परिवेशले परदेश गएको भए पनि आफू नेपाल र नेपाली गीतसंगीतको लागि भने भासिएको भन्दा मन दुखेको बताए । प्रवासमा कमाएर स्वदेशको गीतसंगीतमा लाखौं लगानी गर्न म आएको हुँ, जसले गीतसंगीतको क्षेत्रमा निरन्तर लगानी गरिरहेको छ उसलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना नभएको गुनासो समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायण रायमाझीले गीतसंगीतमा समाज बोल्नुपर्दछ र संगीतले नै मानवमा सकारात्मक उर्जा भर्नु पर्दछ भन्दै बिरहीका गीतमा आफूले सोचेजस्तो समाज र उर्जा दुबै पाएको बताए । प्रमुख अतिथि रायमाझीले प्रवासमा कमाएर गीतसंगीतमा लगानी गर्नेहरुले गर्दा नै नेपाली संगीत क्षेत्र बाँचिरहेको बताए । उनीहरुको लगानी सुरक्षित बनाउन हामी सबै मिलेर प्रोत्साहन गर्नुपर्छ, रायमाझीले भने ।

म्युजिक खबरकी प्रकाशक÷सम्पादक सबिता पोखरेलेको सभापतित्व भएको थियो । उनले गायक विरही कार्की शब्द, संगीत र स्वरको त्रिवेणी भएको बताउँदै गायिका अन्जु पन्तसँगको सहकार्यले सफलता पाउने विश्वास राखेकी थिइन् । साथै उपस्थिति अतिथि, कलाकार एवं संचारकर्मीलाई हार्दिक आभार प्रकट गर्दै मायाको ढोका खोलीदेऊ गीतलाई सबैले माया गरिदिनको लागि अनुरोध गरेकी थिइन् । कार्यक्रमलाई सञ्चारकर्मी हरि दुलालले संचालन गरेका थिए ।

सार्वजनिक गीतमा गायक बिरही कार्कीको साथमा लोकप्रिय गायिका अन्जु पन्तको स्वर रहेको छ । गीतको शब्द तथा संगीत गायक कार्कीको नै रहेको छ । श्यामश्वेत रसाइलीको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

शंकर बिसीको निर्देशन तथा नृत्य निर्देशनमा तयार भएको भिडियोमा सागर लम्साल ‘बले’ र शिल्पा पोखरेलको अभिनय रहेको छ । करण चैसिरले छायांकन गरेको भिडियालाई नबिन घर्ती मगरले सम्पादन गरेका हुन् ।कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकारहरुलाई गायक विरही कार्कीले सम्मान गरेका थिए भने उनको कालजयी गीत ‘आमा’का सर्जक श्रीकृष्ण बममल्ल र लगानीकर्ता तारा बहादुर राउतलाई विशेष सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर