एकैपटक १० वटा बच्चा जन्मिएका भनेर विश्वभर चर्चा पाएको दक्षिण अफ्रिकाको खबर झुटो, गर्भवती समेत नभएको खुलासा — OSNepal

एकैपटक १० वटा बच्चा जन्मिएका भनेर विश्वभर चर्चा पाएको दक्षिण अफ्रिकाको खबर झुटो, गर्भवती समेत नभएको खुलासा

LC (KTM) June 24, 2021 0

काठमाडौं- एकैपटक १० वटा बच्चा जन्मिएका भनेर विश्वभर चर्चा पाएको दक्षिण अफ्रिकाको खबर झुटो भएको बताइएको छ । बीबीसीले जनाए अनुसार ३७ वर्षकी गोसियामे थमारा सिथोले सात छोरा र तीन छोरीको जन्म दिएको खबर बीबीसीले प्रकाशन गरेपछि एकै पटक १० बच्चा जन्मिएको चर्चा विश्वभर भएको थियो । तर थप अनुसन्धानमा ती महिला यस पटक गर्भवती समेत नभएको बिबिसीले नै जनाएको छ ।

तेबोगो सोतेत्सीले महिलासँग सामाजिक सञ्जालमार्फत कुराकानी हुँदा बच्चा जन्मिएको जानकारी पाएको भन्दै अहिले खबर झुटो भएकोले १० बच्चाका लागि सहयोग नगर्न समेत अपिल गरेको बिबिसीले जनाएको छ । स्वास्थ्य परीक्षणको क्रममा ती महिला यस पटक गर्भवती समेत नभएको पाइएकोले उनको मानसिक स्वास्थ्य जाँच गराइरहेको बताइएको छ ।

बच्चा जन्माएको भनिएकी महिलाका केटासाथीले सुत्केरी भनिएका महिलासँग भेट गर्न नसकेपछि बच्चा जन्मिएको भनिएको लुइ पास्चर प्राइभेट हस्पिटलमा सम्पर्क गरेका थिए । तर त्यो अस्पतालले गोसियामे थमारा सिथो नामका कोही गर्भवती भर्ना नभएको र अस्पतालमा १० वटा बच्चा नजन्मिएको बताएपछि खबर झुटो रहेको थाहा भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर