बेलायतमा सेप्टेम्बर १० तारिखमा सारङ्गी साँझको आयोजना गर्दै हेमन्त — OSNepal

बेलायतमा सेप्टेम्बर १० तारिखमा सारङ्गी साँझको आयोजना गर्दै हेमन्त

LC (KTM) September 05, 2022 0

काठमाडौँ । लोकप्रिय सारङ्गी बादक हेमन्त कान्छा रसाईलीले बेलायतमा एकल सारङ्गी साँझको आयोजना गर्ने भएका छन् । बिगत ४ महिनादेखि बेलायतमा नै रहेर लगातार सांगीतिक कार्यक्रममा ब्यस्त बनिरहेका गायक तथा सारङ्गी बादक रसाईलीको सारङ्गी साँझ सेप्टेम्बर १० तारिख शनिबार दिन अल्डरसटस्थित एम्पायर हलमा हुने भएको छ ।

जसको तयारी समेत अन्तिम चरणमा पुगेको हेमन्तले जानकारी दिए । मन ट्राभलको आयोजनामा हुन लागेको सारङ्गी साँझमा उनले आँफुले अहिलेसम्म गाएका गीतहरुमा दिएका धुन र उनले भरेका १२ हजार गीतमध्ये सबैभन्दा चल्तिका सारङ्गीको धुन समेत सारङ्गी साँझमा सुनाउने छन् । ४ दर्जन भन्दा बढी गीतहरूमा आवाज सङ्गै सङ्गीत रचना उनी आफ्नो कला मार्फत विभिन्न सारङ्गीको धुन र गीत मार्फत बेलायत बासिलाइ मनोरञ्जन दिने तयारीमा जुटिरहेका छन ।

उनी गाएक मात्र नभै सारङ्गी बादक भएको नाताले आफ्नो चलिरहेको कार्यक्रम सारङ्गी सङ्ग चर्चित कार्यक्रम छायङ्कन सङ्गै आफू र सङ्गै आएका गायिका बिमला श्रीष र गीता पाइजा मगरको पनि प्रस्तुती रहनेछ । उनले गाएका बालापन, भाग्यमानी, किन होला खै, लाहुर, फुल रोको कस्ले देख्छर, कर्मै हाराको, रेलको ढोका बन लागायत झलक मान गन्धर्वको सम्झनामा हे बरै जस्ता कालजयी गीतहरु गुन्जएमान हुने र कार्यक्रमको अन्तिम चरणमा बिमला र हेमन्तले लाइभ दोहोरी गाई सबै दर्शकलाई नचाउने कार्यक्रम समेत रहेको उनले बताए ।

नेपाली लोक भाका र सारङ्गीको संरक्षण र सम्बर्द्धनमा अहोरात खटिरहेका हेमन्तले सबै बेलायत बासिलाइ उक्त कार्यक्रममा सहभागी भै नेपाली बाजा सारङ्गी लाई प्रोत्साहन गर्दिन हुन अनुरोध गरेका छन्। म्याग्दीको मालिका गाउँ पालिका–४ चिउरीबोट मठ्ठ डाडामा जन्न्मेका हेमन्तले यो कार्यक्रम गर्नुको खास उदेश्य भनेकै सारङ्गीको संरक्षण भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर