• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

ज्वालाहरूको ज्वाला अलि बढी भयो की ?

ज्वालाहरूको ज्वाला अलि बढी भयो की ?


  • ओएसनेपाल
  • असार १० २०७८, बिहिबार
  • ६:२६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 50.5K
    SHARES

    महेन्द्र कुंवर ÷ सामाजिक अभियन्ता ज्वाला संग्रौला सहित केही मानिसहरू पक्राउ परेछन् । अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । काठमाडौँकी खुस्बु घिमिरेले आफूलाई छलफलका क्रममा प्रहरी चौकीमै ज्वाला संग्रौलाको समूहले कुटपिट गरेको आरोप लगाएकी छिन् । त्यस्तै उनकै समूहले ड्यूटीमा रहेका तराइमूलका एक प्रहरीलाई तराइ तिरै सरुवा गर्ने ध म्की दिएका थिए ।

    अर्का अभियन्ता ज्ञानेन्द्र शाहीले आफू ठकुरी वंशको भएको र आफूसंग निहुँन खोज्न भन्दै ध म्कीपूर्ण अभिव्यक्तिको फोन संवाद पनि बाहिरिएको थियो ।यसरी अभियन्ताहरूमा उग्र राष्ट्रवाद र नश्लीय चिन्तनले समाजलाई विभक्त पार्ने त हैन भन्ने चिन्ता पनि बढ्दो छ ।जुनजात, धर्म, वर्ण, क्षेत्रको भए पनि हामी सबै नेपाली हौँ भन्ने चिन्तन यि अभियन्ताहरूले किन विर्सिएका? यिनीहरूले के प्रमाणित गर्न खोज्दै छन्?

    राज्य लोक कल्याणकारी नहुँदा र भ ्रष्ट हुँदाको उपजले समाजमा असहाय, अशक्त र अभाव भएका मानिसहरूले दुःखपाउनु स्वभाविक हो र यस्तो बेलामा गैर सरकारी स्तरबाट विभिन्न परोपकारी गतिविधिहरू संचालन गरिनुलाई पुन्यकै रुपमा लिनुपर्छ ।जब सरकार नै नागरिकको दुःखकष्टमा सहयोगी बन्न सक्दैन र अशहाय र अशक्तहरू संग छैन भने कम्तिमा केहि अभियन्ताहरू त छन् ।

    तर नेपालका विभिन्न अभियन्ताहरूमा राज्यको यो निरिहतालाई कमाइखाने भाँडो बनाएका छन् । समाजसेवाको नाममा अहमता र मैमत्तापनको ज्वाला उठेको छ ।उनीहरूमा आफूले समाजसेवा गर्ने भएको हुँदा कुनै पनि कानुनले छुनु हुँदैन र जहाँ पायो, त्यहिँ, जसरी पायो त्यसरी नै वेरोकतोक हिँड्न डुल्न पाउनु पर्छ भन्ने सोँचाईको पनि ज्वाला उठेको छ ।

    प्रहरी सहायक निरिक्षक मणिकान्त झासंगको संवादमा ज्वालाको समूहले आफूहरूलाई पनि कारबाही हुनु पर्ने तर उनको सरुवा चाहिँ मधेशतिरै गरिदिने भनी धम्कि दिएको सुनिन्छ । यसको मतलब उनीहरूले कारबाही योग्य अपराध गरेका स्वीकारेका छन्, तर सामाजिक अभियन्ता भएकोले त्यो कारबाही जायज नभएको र सजिलै छाडिदिनुपर्ने भन्ने उनीहरूको भनाइ रहेको बुझिन्छ ।

    त्यतिमात्र हैन, प्रहरी सहायक निरिक्षक मणिकान्तलाई मधेशतिरै गएर खेती किसानी गरेर बस्न सुझाव दिएकाछन् । यसबाट उनीहरूले मनमा नश्लीय चिन्तनको ज्वाला लिएर समाजसेवाको नाममा विभाजनकारी काम गर्दैछन् । नेपालका कानुनहरूले सकैलाई पनिजात, जाती, भाषा, धर्म, सम्प्रदाय, क्षेत्र, लिङ्गका आधारमा विभेद, प्रतिबन्ध, बहिष्कार र हिंसा गर्नुलाई अपराध भनेको हुनाले उनीहरूले पहिला ट्राफिक नियम उल्लङ्घन गरेको भएपनि पछि जातीय हिंसा गरेको हुनाले अक्ष्म्य अपराध गरेका छन् । यस्ता कुरालाई समाजसेवाको वात्सल्यमा हुर्काउनु हुँदैन ।

    आफूलाई सच्चा राष्ट्रप्रेमी र समाजसेवी ठान्ने जोकोहीले आफूमा अहमता पाल्नु भएन । बरु समाजसेवा संगसंगै सचेतनाको काम पनि गर्न जरुरी छ । सामाजिक अभियन्ताहरूको अभियानले केहि सामाजिक परिवर्तन आउन सक्ला, तर देशमा रुपान्तरणकारी परिवर्तन आउन सक्दैन । किनकी, उनीहरूमा सामाजिक परिवर्तनको गन्तब्य के हो भन्ने कुरा कहिँकतै दस्तावेजीकरण भएको छैन ।

    कुनै पनि राजनीतिक दल वा सामाजिक संघसंस्थाहरूले उनीहरूको अन्तिम लक्ष्य सम्म परिकल्पना गरेका हुन्छन् ।उनीहरू पूर्णरुपमा सफल भएको खण्डमा समाज कस्तो बन्छ भन्ने परिकल्पना पहिले नै तयार भएको हुन्छ । जस्तो उदाहरणको लागि विवेकशील साझा पूर्ण रुपमा सफल (संसदमा दुईतिहाईको बहुमत) भएको खण्डमा कल्याणकारी लोकतन्त्र अन्तर्गत गुणस्तरीय र निशुल्क स्वास्थ्य र शिक्षापूर्णरुपमा राज्यको मातहतमा ल्याउने, राज्यका निकायहरूमा भएको दलियकरण अन्त्य गर्ने, दलगत रुपमा खोलिएका ट्रेड युनियनहरू भंग गर्ने लगायतका कुराहरू दस्तावेजीकरण गरिएका छ ।

    हाम्रा अभियन्ताहरूले परिकल्पना गरेको समाज कस्तो हो? यदि भ ्रष्टाचारको अन्त्य, सुशासन, सम्बृद्धि, अमन चयन हो भने यी राजनीतिक मुद्धा हुन् । राजनीतिक बाटो अंगालेको खै ? यी कुराको प्रत्याभूत गराउन यी अभियन्ताहरू राजनीतिमा उदयहुनु पर्छ । हैन भने कहिले सम्म माग्ने र माग्न लगाउने? कहिले सम्म एउटा बाट दानलिने र अर्कोलाई दानदिने ? अहिले वास्तवमै भन्ने हो भने यि अभियन्ताहरूको अभियान नै अवैध छ ।

    के यिनीहरूले सञ्चालन गरेको अभियानलाई कतै पञ्जिकरण (दर्ता) गरेका छन्?समाज सेवालगायत कुनै पनि काम गर्नका लागि व्यक्तिलाई विभिन्न संघसंस्था खोल्न पाउने अधिकार संविधानले नै दिएको छ । संस्था दर्ता गरेरै पनि त समाजसेवा गर्न सकिन्छ । त्यता तिर ध्यान किन गएको छैन? यसको एउटा उदाहरणको रुपमा अर्घाखाँचीको सितगंगा नगरपालिकाका युवाहरूलाई लिन सकिन्छ । विदेशमा बस्ने युवाहरू द्वारा सितगंगा नगरपालिकाका सरकारी विद्यालयहरूमा कम्प्यूटर वितरण गर्नको लागि ‘सितगंगा सेवासमाज’भन्ने एउटा सामाजिक संस्था जिल्लामा दर्ता गरे र त्यही संस्थाको नामबाट सहयोग अभियान चलाए । यहाँ व्यक्ति भन्दाब ढी संस्था हावी भयो । लाखोँ सहयोग गर्ने पनि थिए, केहि सयमात्र सहयोग गर्ने पनि थिए । उद्देश्य विद्यालयमा कम्प्यूटर पु¥याउने थियो, पु¥याए ।

    धुर्मुुस सुन्तलीले पनि सामाजिक सेवाका निम्ती ‘धुर्मुस सुन्तली फाउण्डेसन’ नामको सामाजिक संस्था खोले र त्यहि बाट विभिन्न सामाजिक अभियान चलाएका छन् ।महाविर पुनले ‘राष्ट्रिय आविष्कार केन्द्र’नामको संस्थाद्वारा नै सामाजिक काम गरिरहेका छन् । त्यस्तै विभिन्न व्यक्तिहरूले विभिन्न संघसंस्थाद्वारा सामाजिक अभियान चलाएका छन् ।

    तर, ज्ञानेन्द्र शाही, ज्वाला संग्रौँलाहरूको सामाजिक अभियान संचालन गर्ने वैधानिक संस्था कुन हो ? राज्यको कुनै निकायमा पंजीकरण नै नगरी फिल्मी शैलीमा नश्लीय चिन्तनलाई उछाल्दै समाजसेवाको नाममा गरिने दादागिरीलाई नियन्त्रण गर्न जरुरी छ । हा नेपालीहरूमा अस्वभाविक कामहरूलाई स्वभाविक मान्ने आदत परिसकेको छ । यहाँ मैले यो लेख्दै गर्दा मलाई सरकारको मतियारको आरोप लाग्ने छ । कसैद्वारा परिचालित भनिनेछ । त्यो संग मेरो कुनै टाउको दुखाई छैन । लोककल्याणकारी भूमिकामा सरकार हुनु पर्ने हो, त्यो भएको छैन । त्यसलाई स्वभाविक मानिन्छ ।

    अभियन्ताहरूले सरकारको ध्यान नपुगेको र सञ्चार जगतको पनि आँखा नपुगेको ठाउँलाई सरकार र सञ्चारको नजरमा ल्याइ दिनुपर्ने हो । त्यो भएको छैन । यसलाई पनि स्वभाविक मानिन्छ । अस्वभाविकको विरुद्धमा आवाज निकाल्नु पर्ने हो, त्यो स्वभाविकहो, तर यसलाई अस्वभाविक मानिन्छ भने मेरो किन टाउको दुखाइ हुनु र ? तर यति चाहिँ भन्छु, नश्लीय चिन्तन बोकेका उग्र ज्वालाहरूको ज्वाला नियन्त्रण आवश्यक छ । सामाजिक संघसंस्थाहरूद्वारा सामाजिक सेवाका अभियानहरू चलाउन आवश्यक छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com