कार चोर्न विमानमा ओहोर दोहोर : दिल्लीमा कार चोरी नेपालसम्म बेच्ने अनिल चौहानको करोडौंको भिल्ला देखि विलासी जीवनशैली, पत्नी मात्रै तीन वटा ! — OSNepal

कार चोर्न विमानमा ओहोर दोहोर : दिल्लीमा कार चोरी नेपालसम्म बेच्ने अनिल चौहानको करोडौंको भिल्ला देखि विलासी जीवनशैली, पत्नी मात्रै तीन वटा !

LC (KTM) September 07, 2022 0

काठमाडौं –
अनिल चौहान माथि ५ हजारभन्दा बढी कार चोरीको अभियोग छ । उनी भारतमा कार चोरीका बादशाह हुन् । कार चोरैरै विलासी जीबन बिताइरहेका चौहानलाई दिल्ली प्रहरीले पक्राउ गरेको बताइएको छ ।

१० करोड भारुको भिल्ला, हातभर ब्रासलेटका अलावा कार चोर्न विमानमा ओहोर गर्ने उनको जीवनशैली खुलेको छ ।उनले कार चोर्नकै लागि ५ देखि ३० सहयोगीलाई परिचालन गर्ने गरेको तथ्य खुल्न आएको छ । ५२ वर्षीय चौहानका तीन पत्नी रहेको बताइएको छ ।

ती सहयोगीमार्फत् कार चोर्ने र उत्तरपूर्वी भारतका अलावा नेपालसम्म बेच्ने गरेको बताइएको छ । कार चोर चौहनका यस्ता तथ्य बाहिर आएपछि उनका बारेमा थप अनुसन्धान दिल्ली प्रहरीले अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर