यो अनौठो आँपको मूल्य १ केजीको पर्छ ४ लाख रुपैयाँ — OSNepal

यो अनौठो आँपको मूल्य १ केजीको पर्छ ४ लाख रुपैयाँ

LC (KTM) June 24, 2021 0

काठमाडौं । प्रति किलो २ लाख ७० हजार भारु (४ लाख रुपैयाँ बढी) मा बिकेको जापानी आँप अहिले भारतका एक ब्यापारीले ठूलो संख्यामा लगाएका छन् । यो विशेष किसिमको आँपको सुरक्षाका लागि मात्रै ९ वटा कुकुर र ३ सुरक्षाकर्मीको ब्यबस्था गरिएको छ ।

यो जापानी आँपको नाम टाइयो नो टमेङ्गो राखिएको उक्त आँपका मालिक संकल्पले भारतीइ मिडियाका सामु बताएका छन् । यो आँप पूर्ण रुपमा पाकेपछि यो हल्का रातो र पहेँलो हुन्छ । यसको तौल करिब ९०० ग्रामसम्म पुग्ने गरेको जापानी मिडियाले यस अघि पनि उल्लेख गरेका थिए ।

आँपको यो प्रजाति जापानमा संरक्षित वातावरणमा फलाइन्छ तर संकल्प सिंह परिहारले यसलाई आफ्नो बाँझो जमिनको खुल्ला वातावरणमा फलाएका छन् । आँपका मालिक संकल्पका अनुसार सुरुमा ४ एकड जमिनमा यो आँपका बोट रोपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर