'हिजो आजका कुरा’ को ट्रेलरमा कमेडी र सेन्टिमेन्टस्को मिश्रण — OSNepal

‘हिजो आजका कुरा’ को ट्रेलरमा कमेडी र सेन्टिमेन्टस्को मिश्रण

LC (KTM) September 07, 2022 0

काठमाडौं,२२ भदौ ।बरिष्ट अभिनेता सन्तोष पन्तले निर्माण गरेको चलचित्र ‘हिजो आजका कुरा’ को ट्रेलर बुधबार सार्वजनीक भएको छ । साकार पन्त निर्देशीत चलचित्रको २ मिनेट ४५ सेकेन्ड लामो ट्रेलरमा पारिवारिक जीवनमा आउने उतावचढाव,संघर्ष,जिम्मेवारी,कर्तब्य र वर्तमान समयको वास्तविकतालाई दर्शाइएको छ ।राजधानीको आइप्लेक्स मलमा स्थित वान सिनेमामा प्रेसमिट गरि दर्शकमाझ ल्याएको ट्रेलर हाँसो तथा रोदनले भरिएको छ ।

कार्यक्रममा बरिष्ट अभिनेता सन्तोष पन्तले आफूले १२ बर्षसम्म टेलिभिजनमा संचालन गरेको लोकप्रिय टेलिश्रृंखला ‘हिजो आजका कुरा’ को साखलाई चलचित्रले अझ सशक्त रुपमा बिउँत्याउने बिश्वास ब्यक्त गरे । उनले चलचित्रमा धेरै कुराहरु समाबेश गरिएकाले सबैलाई हेर्न आग्रह गरे । अभिनेत्री रमा थपलियाले ‘हिजो आजका कुरा’ निकै मिहीनेत गरेर बनाइएकाले दर्शकले पुनः एकपटक ठूलो पर्दामा पनि उत्तिकै मन पराउने बताउदै बिसुद्ध नेपालीपनको चलचित्रलाई सबैले माया गर्नुपर्ने धारणा राखिन् ।
निर्देशक साकारले चलचित्र पारिवारिक कथामा निर्माण गरिएको जनाउदै आमदर्शकको माया पाउनेमा आफूहरु ढुक्क रहेको बताए । उनले कोभिड अघिनै प्रदर्शन हुनुपर्ने चलचित्र अब चाडपर्वको माहौलमा दर्शकमाझ ल्याउन लागेको जानकारी दिए । सेन्सरबोर्डबाट युनीभर्सल सर्टिफिकेट प्राप्त गरेको चलचित्र असोज २८ बाट देशभर प्रदर्शन हुदैछ ।

कार्यक्रम केही समयअघि युट्युवमा सार्वजनीक गरिएको ‘परदेश’ बोलको गीत पनि प्रदर्शन गरिएको थियो । गीतले चलचित्रको कथाको बहावलाई अझ पेचिलो बनाएको निर्देशक साकारले बताए । कार्यक्रममा अभिनेत्री ऋचा शर्मा र रिमा बिश्वकर्माले आफूहरु ‘हिजो आजका कुरा’ को सदस्य बन्न पाउदा निकै खुशी लागेको बताए । ऋचाले बच्चा बेलामा धनगढीमा ब्ल्याक एण्ड ह्वाइट टेलिभिजनमा हरेक शुक्रबार टेलिश्रृंखला ‘हिजो आजका कुरा’ हेरेको स्मरण गर्दै अहिले ठूलो पर्दामा सोही नाममा अभिनय गर्न पाउदा आफूलाई अत्यन्त भाग्यमानी ठानेको सुनाइन् । अभिनेता दिब्यदेवले ‘हिजो आजका कुरा’ मनोरञ्जनका साथमा सन्देशमुलक समेत रहेको बताउदै आफूले पाएको भूमिकामा न्याय दिने कोसिस गरेको दावी गरे ।

अभिनेत्री जेबिका कार्की र यसै चलचित्रबाट डेब्यु गरेकी अनुष्का अधिकारीले पनि आफूहरुको अभिनय यात्रामा ‘हिजो आजका कुरा’ बिशेष रहेको बताए । हाँस्य कलाकारको रुपमा परिचीत सविन श्रेष्ठले आफूहरुले निकै मिहीनेतका साथ काम गरेकाले दर्शकको मन जित्ने आशा ब्यक्त गरे ।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र छन् । चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन । चलचित्रको बितरण बिके फिल्मस् र एफडिले गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर