परिवारसँग समुद्रमा घुम्न गएकी ५८ वर्षीया महिलाको सार्ककको आक्रमणमा मृत्यु — OSNepal

परिवारसँग समुद्रमा घुम्न गएकी ५८ वर्षीया महिलाको सार्ककको आक्रमणमा मृत्यु

LC (KTM) September 08, 2022 0

नासाउ, २३ भदौ:

बहामासमा आफ्नो परिवारसँग समुद्रमा घुम्न गएकी एक अमेरिकी महिलाको सार्ककको आक्रमणमा मृत्यु भएको छ । अमेरिकी राज्य पेन्सिल्भेनियाकी ५८ वर्षीया महिलालाई बहामियाको राजधानी नासाउ नजिकै रहेको ग्रीन केको पानीमा मंगलबार दिउँसो सार्कले आक्रमण गरेको बहामियन प्रहरीले जनाएको छ ।

‘टुर अपरेटरहरू र परिवारका सदस्यहरूले महिलालाई बचाउने प्रयास गरे’ प्रहरीले एक विज्ञप्तिमा भनेको ‘यद्यपि, तिनीहरू असफल भए जसको कारण महिलाको शरीरको देब्रे भागमा गम्भीर चोट लागेको थियो’, प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई समुद्रबाट बाहिर ल्याउदा उनी मृत भइसकेको प्रहरीले जनाएको छ । सार्कले महिलामाथि गरेको आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर