दुर्घटनामा परी कोरियामा जीवनको मृत्‍यु — OSNepal

दुर्घटनामा परी कोरियामा जीवनको मृत्‍यु

LC (KTM) September 08, 2022 0

सोल, भदौ २३ । कोरियामा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्‍यु भएको छ। मृत्यु हुनेमा सुर्खेतका जीवन मगर रहेका छन् । गर्मी विदामा साथीहरुसँग घुमेर मंगलबार साँझ आफ्नो कोठामा फर्किएका मगर खानेकुरा किन्न भन्दै बाहिर निस्किएको र बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएको बताइएको छ ।

उनी ३ वर्ष अघि कोरिया गएका थिए । साँझ निस्किएका मगर बिहानसम्म पनि नफर्किएपछि उनका सहकर्मीहरु खोज्न जाँदा साईकल र चप्पल भेटिएपछि उनी दुर्घटनामा परेको जानकारी भएको बताइएको छ ।

घटनाका विषयमा दूतावासलाई जानकारी गराइसकिएको र शव पोछनस्थित स्थानीय अस्पतालमा राखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर