लोकन्थली जनकको घरमा यस्तो सम्म गर्दा रहेछन् यि ६ जनाले, सुइको पाँउदा साथ हुइकिएको प्रहरीले काठालोमा समातेर नियन्त्रणमा लियो — OSNepal

लोकन्थली जनकको घरमा यस्तो सम्म गर्दा रहेछन् यि ६ जनाले, सुइको पाँउदा साथ हुइकिएको प्रहरीले काठालोमा समातेर नियन्त्रणमा लियो

LC (KTM) June 24, 2021 0

भक्तपुर, १० असार( मध्यपुर ठिमी नगरपालिका९१ लोकन्थली डेरा गरी बस्ने जनक बहादुर थापाको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रे घुम्लु गाउँपालिका९१ घर भएका रमेश पन्त समेत ६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त कोठामा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ३ सय ६० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि, स्पेनमा हुने भनिएको खेल स्थगित स् स्पेनमा हुने भनिएको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।

कोभिड–१९ का कारण स्पेनमा तय भएको उक्त सिरिज एक वर्षका लागि स्थगित भएको नेपाल क्रिकेट सङ्घ ९क्यान० का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । उक्त सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको थियो ।

क्यानका सचिव प्याकुरेलका अनुसार सिरिज सन् २०२२ जुलाईसम्मका लागि स्थगित भएको छ । उक्त प्रतियोगिताका लागि नेपालले यही असार ८ गतेदेखि बन्द प्रशिक्षण शुरु गरेको थियो । लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । लिगमा नेपालले चार खेलमा चार अङ्क जोडेको छ । नेपाल छैटौँ स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । बाह« खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर