यातायात व्यवसायीहरुको मनलाग्दो ठाउँमा यात्रु चढाउने र झार्ने कामले सर्वसाधारण आजित, सरकार रमिते ! — OSNepal

यातायात व्यवसायीहरुको मनलाग्दो ठाउँमा यात्रु चढाउने र झार्ने कामले सर्वसाधारण आजित, सरकार रमिते !

LC (KTM) September 10, 2022 0

रुषा थापा

सरकारले काठ्माडौँभित्र रहेको पुरानो बसपार्क हटाएपछि कति बसलाई खुल्लामच बाहिरबाट यात्रु झार्ने वा चढाउने व्यवस्था मिलाएको थियो । त्यस्तै यता सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चरिकोट, बाह्रबिसे वा पूर्व जाने अरनिको बसहरु नयाँ बसपार्कबाट छुट्ने व्यवस्था पनि सरकारले मिलाएको थियो । तर यातायात व्यवसाय र अरनिको पालिकले नयाँ बसपार्कबाट गाडी छुट्ने व्यवस्थालाई नमानेर कोटेश्वर, जडीबुटी वा लोकन्थलीमा बस पार्किङ्ग गरेर, यात्रु हालेर विभिन्न जिल्लाहरुमा लैजाने र विभिन्न जिल्लाबाट काठमाडौँ आउने मानिसलाई जडीबुटीमा नै झार्नै गर्छन् ।

यी गाडीहरुले नयाँ बसपार्कमा पनि गाडी नलैजाने र गाउँबाट आएका मानिसहरुलाई पनि नयाँ बसपार्कमा झार्ने गर्दैनन् । एकतिर यात्रुलाई दुःख दिने अर्कोतिर जडीबुटी , कोटेश्वर र लोकन्थलीमा बस रोकेर ट्राफिक जाम गराउने गर्छन् । साथै सरकारले गरेको निर्णय नमान्ने यातायात व्यवसायीहरुलाई ट्राफिक प्रमुख मीरा चौधरीले कारबाही पनि गर्दिँनन् । अब झनै दशैँका लागि गाउँका जानका लागि गंगपुर , बल्खु, कोटेश्वर, कंलकी, चावहिल, गौशालामा ट्राफिम जाम धेरै नै हुने छ ।

यसरी ट्राफिकहरुले यस्ता गाडीहरुलाई जताततै रोकेर यात्रु हाल्न र झार्न दिँदा पैदलयात्रुलाई पनि सास्ती भइरहेको छ र दुर्घटना पनि बढीरहेको पाइन्छ । अहिले त लोकन्थीको पेट्रोलपम्प, कोटेश्वर र जडीबुटीमा घर जानका लागि गाडी कुरेर बसेका मानिसहरु भिड हेरेर साध्य छैन भने दशैँमा त झन् के हुन्छ, होला । गाडीहरु पनि बाटोमा नै पार्किङ्ग गरेर यात्रु हालिरहेका हुन्छन् । तर ट्राफिक, प्रहरीहरुले त्यस्ता गाडीलाई कारबाही पनि गर्दैन र फुटपाथ नै ओगटेर गाडी चढ्न बसेकालाई पनि हटाउँदैन ।

ट्राफिक प्रमुख मीरा चौधरीले यस्ता गाडीहरुलाई नसमात्नुको कारण कि अरनिको पालिकसँग पैसा खानु हो होइन भने पालिकसँग ट्राफिक प्रहरीहरु डराउनु हो । न भए किन त्यस्ता गाडीहरुलाई हटाइदैँन र किन त्यस्ता गाडीहरुलाई कारबाही गरिदैँन भनेर जनता नै ट्राफिक प्रमुखलाई सोध्छन् । सरकारले नयाँ बसपार्कबाट गाडी छुट्ने र जिल्लाबाट आएको गाडी पनि नयाँ बसपार्कमा पुग्नुपर्ने भनेर निर्णय गरेको छ तर किन यो निर्णय ट्राफिक महाशाखा कार्यान्वयन गर्दैन । गाडीहरु यसरी नयाँ बसपार्कमा नजाँदा वा नछुट्दा सिन्धुपाल्चोक, दोलखा, बाह्रबिसे, मेलम्ची, सिन्धुली, बर्दीबास तिर जाने मानिसहरु गाडी चढ्न टयाक्सीमा चढेर जडीबुटी सम्म आउनु परिरहेको छ ।

सिन्धुपाल्चोक घर जानका लागि जडीबुटीसम्म टयाक्सी चढेर आएका रामबहादुर श्रेष्ठका अनुसार उनलाई गंगपुरा, सामाखुशीबाट कोटेश्वर जडीबुटी आएको ९ सय रुपैँया टयाक्सीले लिएको हो । सामाखुशीबाट जडीबुटी जम्मा ६ किलोमिटर रहेको पाइन्छ र टयाक्सी चढ्ने बित्तिकै ५० आउँछ र प्रत्येक किलोमिटर ५० भएपनि ९ सय रुपैँया टयाक्सीले लिइरहेको छ ।
यदि बसपार्कबाट गाडी छुट्ने निर्णय सरकारले कार्यान्वयन गरेको भए आज त्यस व्यक्तिले ९ सय रुपैँया त तिर्नुपदैन्थ्यो नि त । यो त एउटा उदाहरण मात्र हो । कयौँ मानिसहरु यहँी समस्याबाट पीडित भइरहेका छन् ।

अरनिको यातायात पालिक वा अरनिको रोडमा गाडी चलाउने यातायात व्यवसायीहरुले जनताको वा यात्रुको मर्का पनि नबुझ्रने र सरकारले गरेको निर्णय पनि नमान्ने । यिनीहरुले गाउँबाट आएका बिरामीहरुलाई पनि लोकन्थली, जडीबुटीमा नै झर्छन् । अरनिको पालिकको यस्तो दाधागिरी हुँदा पनि ट्राफिकप्रहरीहरु किन हेरेर मात्र बस्छन् । अबदेखि नयाँ बसपार्क नजाने गाडीहरुको यातायात व्यवस्था विभागले रोडपर्मिट र सवारी दर्ता खारेज गर्नुपर्छ । यातायात व्यवस्था विभाग र ट्राफिक महाशाखाले सरकारले गरेको निर्णय कार्यान्वयन नगर्दा आज अरनिको यातायात व्यवसायीहरुको दाधागिरी बढिरहेको छ । यीनीहरुले सर्वसाधारण हिड्ने बाटोलाई बसपार्क बनाइरहेका छन् ।

बाटामा रोकेका गाडीहरु ट्राफिकप्रहरीले नहटाउँदा पैदलयात्रुहरु कतिखेर दुर्घटनामा परेर मर्ने हो थाहा छैन । अब कि अरनिको रोडमा चढ्ने गाडीहरु धुलिखेलबाट काठमाडौँ आउन दिनु हुदैँन होइन भने नयाँ बसपार्कमा गाडी रोक्ने वा छुट्ने गर्नुपर्छ । के यातायात व्यवसायीहरुको जहिले पनि मनोमानी चल्छ , के जहिले पनि जनताहरु ट्राफिक जामको समस्यामा नै पिडित रहने ।

साथै लोकन्थली, जडीबुटीमा बाटोमा रोकेर यात्रु चढाउने वा झार्ने गाडीहरुलाई ट्राफिक,प्रहरीले नहटाउँदा सहर नै अस्तव्यस्त भएको छ । ट्राफिकहरु दिनहुँ यतिओटा सवारीसाधनलाई हामीले कारबाही गरौँ भनेर मिडियाबाजी गर्छन् तर किन त्यो जडीबुटी, लोकन्थली र कोटेश्वरको बाटोमा रोकेर यात्रु चढाउने र झार्नै गाडीहरुलाई भने देख्दैँनन् ।
यातायात व्यवसायीहरुले मनलागि ठाउँमा यात्रु चढाउने र झार्ने काम गर्न मिल्छ । के सरकारभन्दा ठुलो यातायात व्यवसायीहरु हुन् । सरकारको ऐनकानून पनि नमान्ने , जनतालाई पनि दुःख दिने, यसको अन्त्य कहिले सरकार ।

ट्राफिक महाशाखाले तत्काल नै यी ठाउँहरुमा यात्रु चढाउने र झार्ने गाडीहरुलाई कारबाही गर्नुपर्छ र नयाँ बसपार्कमा नै गाडी चढ्ने र झार्ने निर्णय गर्नुपर्छ । यसले गर्दा अहिले जडीबुटी, कोटेश्वर र लोकन्थलीमा हुने भिड नियन्त्रण हुने छ । यदि ट्राफिक महाशाखाले यो निर्णय गर्न ढिलो गप्यो भने त्यहाँ ट्राफिक जाम पनि बढ्छ र दुर्घटना पनि बढ्ने छ । अरनिको यातायात पालिक वा व्यवसायीहरु बाटामा गाडी रोकेर वा पार्किङ्ग गराएर , सरकारलाई ठाडो चूनौती दिएर र जनतालाई दुःख दिएर आफ्नो शक्ति देखाइरहेका छन् । तर सरकारले त्यस्ता गाडीहरुलाई अहिलेसम्म कारबाही गरेको छैन । साथै यता अरनिको यातायात पालिकका अनुसार सरकारले पुरानो बसपार्क हटाइपछि नै हामीले बाटामा पार्किङ्ग गरेका हौँ ।

सरकारले पुरानो बसपार्क हटाएपनि नयाँ बसपार्कमा गाडी छुट्ने व्यवस्था त मिलाएको छ नि त । तर सरकारको निर्णय नमान्ने यातायात व्यवसायीहरुलाई किन सरकार कारबाही गर्दैन । केही दिन अघिमात्र सिन्धुपाल्चोक सुकुटेबाट काठमाडौँमा उपचारका लागि बसमा बिरामी ल्याएको थियो र बिरामीलाई उपचारका लागि मारगन्च टिचिङ् अस्पताल लैजानुपर्ने थियो । यातायात व्यवसायीले बिरामीलाई पहिला गंगपुर नयाँ बसपार्क जान्छ भनेर बिरामीको आफन्तसँग पैसा लिएर गाडीमा हाल्यो तर बसपार्क नै नलगि लोकन्थलीमा नै बिरामी र आफन्तलाई झायो ।
साथै लोकन्थलीबाट बिरामी लिएर टिचिङ् अस्पताल जानका लागि टयाक्सीले हजार रुपैँया माग्यो । यस्तो पत्रहरु त हामीले दिनहुँ कति भेटने गछौँ । लोकन्थलीबाट टिचिङ् अस्पताल बढीमा ५ किलोमिटर रहेको छ तर टयाक्सीले हजार रुपैँया लिइरहेको छ । यीनीहरुको लुटको धन्दा कहिलेसम्म सरकार ।

यदि त्यो गाडी गंगपुर नयाँ बसपार्क गएको भए त्यो बिरामीले टयाक्सीलाई त्यत्रो पेसा त तिनुपर्दैन थियो नि त । यी दुई त उदाहरण मात्रै हुन् ,यस्तो हजारौँ उदाहरणहरुले अरनिको यातायात व्यवसायीहरुका कारण दुःख पाइरहेका छन् । सरकार किन अरनिको पालिकलाई अनुगमन गरेर कारबाही गर्दैन । जडीबुटी, कोटेश्वर र लोकन्थलीमा बसेका ट्राफिकहरुलाई ट्राफिक जाम हटाउन नसकेर खलखल पसिना आउने गर्छ । यी ट्राफिकहरुले यस्ता गाडीहरुलाई हटाउन ट्राफिक प्रमुख मीरा चौधरीसामु कुरा नपुप्याएको हो कि ट्राफिकले कुरा पुप्याए पनि प्रमुखले अरनिको पालिकसँग पैसा खाएको हो ।

अरनिको यातायात पालिक भन्ने बित्तिकै सरकार पनि पहिलादेखि नै डराउँछ । यी यातायात समितिले पहिलादेखि नै सिण्डिकेट लगाएर रोड कब्जा गरेर गाडी हाल्ने साहुसँग २ लाखदेखि १५ लाखसम्म पैसा खाने गर्थे । सरकारले अहिले यातायात समिति खारेज गरेर कम्पनीमा लगेपनि यीनीहरुले अहिलेपनि नयाँ गाडी हाल्ने व्यवसायीहरुसँग ५ लाख रकम खाने गर्छन् ।
अरनिको यातायात पालिक भनेको अहिलेपनि जनता ठग्ने, गुण्डा पाल्ने र राज्यलाई मुठीमा लिनेहरु हुन् । यिनीहरुको विरोधमा न जनताले बोल्न नै सक्छन् न सरकारले नै अनुगमन गरेर कारबाही गर्न सक्छ । अहिलेपनि सरकार र जनताभन्दा बढी शक्तिशाली यी व्यवसायीहरु छन् । सरकारले तोकेको भन्दा बढी यात्रु हाल्नु, जनता ठग्नु र सिटभन्दा बढी यात्रु हालेर जनतालाई भिरबाट खसालेर मार्नु भनेको त यो हामी जनताका लागि कुनै नौला कुरा होइन । किनभन्दा यीनीहरुले पहिलादेखि नै यहँी चलन चलाउदैँ आइरहेका छन् ।

अरनिको रोडमा गाडी चलाउने यातायात व्यवसायीहरु जति जनतालाई ठगेपनि वा मारेपनि हाम्रो पालिकले हामीलाई बचाँउछ भनेर भन्छन् । यीनीहरुको यस्तो दाधागिरीका कारण आज जनताहरु दुर्घटनामा परेर मर्नुपनि परिरहेको छ र महंगो भाडाको सिकार हुनु परिरहेको छ । अरनिको रोड सरकारको भएपनि त्यो रोडमा सिण्डिकेट लगाएर जनता ठग्ने र मार्ने काम गर्न के यीनीहरलाई लाज छैन । अरनिको यातायात पालिकका अध्यक्षहरु राजनितिक पार्टीको झोला बोकेर , गुण्डा पालेर , राज्यको ऐनकानूनलाई धोती लगाएर , जनता ठगीरहेका छन् । अब जनता र सञ्चारकर्मीहरुले यी पालिकहरुको विरोधमा बोल्नुपर्छ र लेख्नुपर्छ । सरकारले २०७५÷१÷४ गते संस्था ऐन अन्तर्गत दर्ता गरिएको यातायात समिति खारेज गर्ने भनेर निर्णय गप्यो ।
तर समितिको नाममा बैंकमा रहेका पैसाहरु यीनीहरुले राष्ट्रिकरण गर्छ भनेर सबै निकाले र समितिको नाममा भएको घरजग्गा पनि सरकारले राष्ट्रिकरण गर्छ भनेर यीनीहरु फुका गर्नका लागि मन्त्रालय धाइरहेका छन् ।

संस्था सिडियो कार्यालयमा दर्ता गर्ने समयमा संस्थाको विधानमा सरकारले संस्था खारेज गरेको समयमा संस्थाको नाममा रहेको चलअचल सम्पत्ति सबै सरकारको नाममा रहन्छ भनेर कानूनमा उल्लेख गरिएको छ । तर राष्ट्रिकरण गर्नुपर्ने यत्रो सम्पत्ति सरकारले सबै फुक्का गरिदियो । अहिले यातायात व्यवसायी वा अरनिको पालिकहरुले लेभीको नाममा दिनहुँ एकगाडी साहुसँग १५ सय रुपैँया उठाइरहेका छन् ।

अरनिको बसहरु ६ सय ओटा छन् र पछिल्लो समय सरकारले सिण्डिकेट हटाएपनि पनि यीनीहरुले ६ सय ओटा भन्दा बढी गाडीहरु आउन दिएका छैनन् । अहिलेपनि अरनिको यातायात पालिकहरुको रोड कब्जा गर्ने जनता ठग्ने काम रहिरहेकोे छ । अरनिको गाडीहरु दुर्घटनामा पर्दा मरेका मानिसले अहिलेपनि क्षतिपूर्ति नपाएको र घाइतेले पनि उपचार नपाएको कुरा अहिलेपनि सुनिन्छ । यीनीहरुले कहिलेपनि यस्तो दाधागिरी देखाइरहेका छन् ,के सरकारभन्दा ठुलो अरनिको पालिक हो । अब सरकारले यस्ता गाडीहरुलाई नयाँ बसपार्कमा ने रोक्ने र छुट्ने व्यवस्था मिलाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर