मुख्यमन्त्री शाहीलाई सिंजालीको प्रश्न : सिंजा र पर्वतीय विश्वविद्यालयसम्बन्धी विधेयक अगाडि किन बढेन ? — OSNepal

मुख्यमन्त्री शाहीलाई सिंजालीको प्रश्न : सिंजा र पर्वतीय विश्वविद्यालयसम्बन्धी विधेयक अगाडि किन बढेन ?

LC (KTM) September 10, 2022 0

दिलमाया शाही ? जुम्ला, २५ भदौ । जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बुद्धिजिवी र सर्वसाधारणले ध्यानाकर्षणपत्र बुझाएका छन् । मुख्यमन्त्री शाहीलाई सिंजा र पर्वतीय विधेयक अगाडि बढाउन दबाबस्वरूप उनीहरूले ध्यानकर्षणपत्र दिएका हुन् ।

कर्णाली प्रदेश सरकारको सचिवालयमा दर्ता भएकाे पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक र सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारित गर्न उनीहरुकाे माग छ । ज्ञापनपत्रमा भनिएको छ, ‘ति विधेयक कर्णालीको अस्तित्वसँग जोडिएका विधेयक हुन् । ति विधेयक कर्णालीका दुई मुख्यमन्त्री हुँदा पनि पास गर्न किन कन्जुस्याई गरिरहेका छन् ?’

जुम्ला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीसहितको टिमले होटल कान्जेरुवामा पुगेर शाहीलाई ध्यानाकर्षण गराएकाे हाे ।

ज्ञापनपत्रमा आगामी ४ मंसिरमा हुने प्ररतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा वर्तमान प्रदेश सांसदहरूको कार्यकाल समाप्त हुनु अगावै विधेयकहरू अगाडि बढाइ पास गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिदिन अनुरोध गरिएकाे छ ।

मुख्यमन्त्री शाहीले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक आवश्यक नभएको बताए । उनले कर्णाली प्रज्ञा प्रतिष्ठान बनाइने भएकाले सबै त्यसैमा समेटिने बताए ।उनले भने, ‘जुम्लाले सिंजा सभ्यता भनेर छुट्टै बनाएको खण्डमा सबै जिल्लाले आफ्नो सभ्यता खोज्दा समस्या थप बढ्ने छ ।’

कर्णाली सभामा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सरकारी विधेयक हो । यस्तै, सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक जुम्लाका सांसद नरेश भण्डारीले दर्ता गराएको विधेयक हो । यी दुवै विधेयक संसदमा स्थगित भएपछि अहिले अन्यौल बढेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर