खेलकुद महासंघको टोली हेलिकोप्टरमा राहतसहित मनाङ पुग्यो — OSNepal

खेलकुद महासंघको टोली हेलिकोप्टरमा राहतसहित मनाङ पुग्यो

LC (KTM) June 24, 2021 0

मनाङ – नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले मनाङ जिल्लामा बाढी–पहिराबाट प्रभावितलाई आज खाद्यान्नलगायत सहयोग सामग्री पठाएकोे छ । सामग्रीसहित महासंंघको केन्द्रीय टोली आज हेलिकोप्टरबाट त्यसतर्फ प्रस्थान गरेको छ ।नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री कर्ण थापा, महासंघका इन्चार्ज तथा पूर्वमन्त्री दावा लामा, महासंघका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, मनाङका एमालेका नेताहरु छिरिङ लोप्साङ, ठण्डा गुरुङ, मदन गुरुङलगायतको टोली त्यसतर्फ गएको महासंघका उपाध्यक्ष प्रभातविक्रम कटवालले जानकारी दिनुभयो ।

राष्ट्रियसभाको अधिवेशन असार १७ गते- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन यही असार १७ गतेका लागि आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले समयसमयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन एकै पटक आह्वान हुँदैआएंको थियो ।सङ्घीय संसद्अन्तर्गत समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाको सातौँ अधिवेशन गत पुस १७ गते प्रारम्भ भई २६ गते अन्त्य भएको थियो । सो अधिवेशनमा चार बैठक बसेकामा सात अध्यादेश पेश गरिएको थियो । एउटा अधिवेशनको समाप्ति र अर्काे अधिवेशन प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।

पछिल्लो पटक गत जेठ ८ गते प्रतिनिधिसभा विघटन भए पनि हाल सभामुखमा अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभाका अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्षमा शशिकला दाहाल हुनुहुन्छ । हाल राष्ट्रियसभामा नेकपा(एमाले), नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र जसपा नेपालबाट निर्वाचित तथा तीन जना मन्त्रिपरिषद्बाट सिफारिश भई राष्ट्रपतिबाट मनोनीत हुनुहुन्छ । पछिल्लो पटक गत जेठ ६ र १७ गते निर्वाचित डा खिमलाल देवकोटा(वाग्मती, स्वतन्त्र) र दृगनारायण पाण्डे(लुम्बिनी, कांग्रेस)अधिवेशनम नयाँ प्रवेशी हुनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर