देवीलाई खुसी पार्न जिब्रोको बलि दिंदा ४० वर्षीया किसानको अवस्था गम्भीर, भक्तजनहरूको सहयोगमा पुर्याइएको थियो अस्पताल — OSNepal

देवीलाई खुसी पार्न जिब्रोको बलि दिंदा ४० वर्षीया किसानको अवस्था गम्भीर, भक्तजनहरूको सहयोगमा पुर्याइएको थियो अस्पताल

LC (KTM) September 12, 2022 0

काठमाडौं –

हिन्दू मन्दिरमा बलि चढाउनका लागि जिब्रो काटेपछि एक किसानको अवस्था गम्भीर रहेको छ । यो घटना हो भातको । रतको उत्तरी राज्य उत्तर प्रदेशको प्रसिद्ध मन्दिरमा शनिबार ४० वर्षीया उनले खल्तिबाट छुरी निकाली जिब्रो काटेर एक्कासी देवीलाई चढापछि उनको अबस्था गम्भीर बनेको हो ।

उनको अनौठो कार्यले दर्शनार्थीको भीडलाई आतङ्कित पारेको थियो ।मन्दिरमा तैनाथ हाम्रा अधिकारीहरूले उनलाई अन्य भक्तजनहरूको सहयोगमा अस्पताल पुर्‍याएका थिए ।

ती व्यक्ति र उनकी श्रीमतीले चक्कु निकालेर जिब्रो काटेर मन्दिरको ढोकामा राख्नुअघि पूजा अर्चना गरेको समाचारमा जनाइएको छ । पत्नीले प्रहरीलाई बताएअनुसार उनका पतिले देवीलाई रिझाउन आफ्नो जिब्रो ‘बलि’ दिएका थिए तर यसको कारणबारे थप बताउन सकिनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर