बिहे गरेको १० वर्षपछि तीन छोरालाइ एकैपटक जन्म दिइन ललिताले, रहेन खुशीको सिमा — OSNepal

बिहे गरेको १० वर्षपछि तीन छोरालाइ एकैपटक जन्म दिइन ललिताले, रहेन खुशीको सिमा

LC (KTM) September 13, 2022 0

वीरगन्ज :

वीरगन्जको प्रभु हस्पिटलमा एक महिलाले एकै पटक तीन जना शीशुलाइ जन्म दिएकी छिन्। प्रभु हस्पिटलमा उपचाररत पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नंबर ९ का वृज चौधरी थारुकी पत्नि ललिता देवि थरुनीले एकैपटक ३ जना बच्चालाई जन्म दिनु भएको हो ।विहे भएको १० बर्षपछि चौधरी दम्पतीले एकै पटकमा तीन जना छोरालाइ जन्म दिएका हुन् ।

सन्तान प्राप्तिका लािग १० वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ प्रविधि नेपाल समचारपत्रमा खबर छ । अपनाएर गर्भ बसेको थियो । आर्थिक अवस्था कमजोर भएका थरुनीलाई प्रभु हस्प्टिलका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। लक्ष्मी थापाको टिमले शल्यकृया गरेर तीनवटै बच्चा जन्मिन सफल भएको हो ।

सुत्केरीको बेथा लागेपछि थरुनीलाइ विभिन्न अस्पतालमा लग्दा अन्यत्र लैजान सल्लाह दिएपनि प्रभु हस्पिटलका डाक्टरले जोखिम मोलेर शल्यक्रिया गरेका हुन् । हाल आमा र तीन जनै बच्चा सकुसल रहेको अस्पतालले जनाएको छ ।

बेलायती राजा चाल्र्स तृतीयको बेलायती संसदमा पहिलो सम्बोधन:

बेलायती राजा चाल्र्स तृतीयले सोमबार पहिलो पटक बेलायतको संसदलाई सम्बोधन गरेका छन् । सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय माता महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

सम्बोधनका क्रममा महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’ आफुमा हस्तान्तरण गरिएको राजा चाल्र्सले संसदलाई दिए ।

बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चाल्र्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको थियो । महारानीको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर