नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेश २९ खेलमा सहभागिता हुने — OSNepal

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेश २९ खेलमा सहभागिता हुने

LC (KTM) September 13, 2022 0

कर्णाली-आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट प्रक्रिया पूरा गरी बन्द प्रशिक्षण दिने थालेको जनाएको छ ।

परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिताका कुल ३६ खेलमध्ये कर्णालीको २९ खेलमा सहभागिता हुने जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशले कबड्डी, उसु, भलिबल (महिला–पुरुष), कराते, बक्सिङ, तेक्वान्दो, फुटबल (महिला–पुरुष), क्रिकेट, आइटिएफ, ब्याडमिन्टन, एथ्लेटिक्स, रग्बी, भारोत्तलन, शारिरीक सुगठनमा सहभागिता जनाउनेछ ।

त्यस्तै कुस्ती, हेण्डबल (महिला–पुरुष), टेबलटेनिस, हक्की, जुडो, बास्केटबल, सुटिङ, खोखो, फुलकन्ट्याक कराते, पौडी, बुद्धिचाल, प्याराग्लाइडिङ, सेपाक्रताको, जिम्न्यास्टिक खेलका प्रतिस्पर्धामा भाग लिनेछ ।

लुम्बिनी प्रदेशमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले तीन स्वर्ण, चार रजत र १७ कास्यसहित २४ पदक जितेको थियो । यसपटक पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले नगदसहित सम्मान गर्ने भएको छ । प्रदेश सरकारले स्वर्णपदक विजेतालाई रु दुई लाख, रजत पदक विजेतालाई एक लाख ५० हजार र कास्य पदक विजेतालाई एक लाख प्रोत्साहन पुरस्कार दिने निर्णय गरेको छ ।

परिषद् उपाध्यक्ष हमालले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न गण्डकी प्रदेशबाट आयोजकको झण्डा ग्रहण गर्ने बताउनुभयो । यसका लागि वीरेन्द्रनगरमा अत्याधुनिक प्रदेश रङ्गशाला निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर