सरकारले किन खुलाउँदैन लामो दुरीका माइक्रो बसको अग्रिम टिकट ? — OSNepal

सरकारले किन खुलाउँदैन लामो दुरीका माइक्रो बसको अग्रिम टिकट ?

LC (KTM) September 14, 2022 0

रुषा थापा

असोज १ गतेदेखि लामो रोडको गाडीको अग्रिम टिकट खुलाउने भनेर यातायात व्यवसायी र यातायात व्यवस्था विभागले निर्णय गरेपनि सानो रोडको गाडीको अग्रिम टिकट खुलाउन यातायात व्यवस्था विभागले अहिलेसम्म कुनै निर्णय गरेको छैन । अहिले सानो गाडीमा सवार गरेर दशैँ मान्न गाउँ जाने लाखौँ जनताहरु अग्रिम टिकट काट्नबाट वञ्चित भएका छन् ।
सानो गाडी चढेर दशैँ मान्न जाने मानिस पनि त नेपाली नागरिक त हुन् नि । तर किन सानो गाडी चलाउने यातायात व्यवसायी र यातायात व्यवस्था विभागले यसको अग्रिम टिकट खुलाउँदैन । सानो गाडीको अग्रिम टिकट यातायात व्यवसायी र यातायात व्यवस्था विभागले नखुलाउँदा दशैँमा सानो गाडीबाट आफ्नो गाउँघर जाने मानिसहरुले दशैँको समयमा गाडी नपाउने, गाडी पाएपनि पैसा वा भाडा महंगो तिर्नुपर्ने बाध्यता रहेको छ ।

अहिले सानो गाडी चलाउने यातायात व्यवसायीहरुले पहिलाको भन्दा दोब्बर भाडा यात्रुसँग लिइरहेका छन् । उदाहरणका लागि पहिला कोटेश्वरबाट सिन्धुली गएको ६७५ लिने गर्थे भने अहिले ११ सय भाडा लिने गर्छन् । झन् यिनीहरुले त दशैँको समयमा अब २ हजार रुपैँया यात्रुसँग भाडा बढेको भन्दै लिने छन् ।
जनताले यातायात व्यवस्था विभागका महानिर्दैशक टोकराज पाण्डेयलाई सोध्छन् , के सानो गाडी चढेर घर जाने मानिस चाहिँ जनता होइन र । किन सानो गाडीको अग्रिम टिकट नखुलाएको । के यसमा पनि आर्थिक लेनदेन गरिएको हो । सानो गाडी चलाउने यातायात व्यवसायीहरु अहिले यातायात व्यवस्था विभागका महानिर्दैशकलाई हामीले हातमा लिएका छौँ भन्छन् ।
साथै सानो गाडीको अग्रिम टिकट नखुल्दा हजार रुपैँयाको टिकट काटेर आफ्नो गाउँघर पुग्ने बाटोमा दुई हजार तिरेर जानुपरिरहेको छ । महंगो भाडा तिरेर पनि सिट नपाउने र गाडी वा सिट छैन भनेर व्यवसायीहरु जनतासँग झन महंगो भाडा लिएर ठग्छन् । त्यस्तै गरी हजारको टिकट दुई हजारमा बेचेर कमाएको नाफा यातायात व्यवस्था विभागमा समेत भाग लगाउनुपर्ने भनेर टिकट काट्ने काउण्टर वा यातायात व्यवसायीहरु नै बताउँछन् ।

सानो गाडीको अग्रिम टिकट नखुल्दा यातायात व्यवसायी र यातायात व्यवस्था विभागका महानिर्दैशकलाई फाइदै फाइदा छ भने जनता मारमा परिरहेका छन् । सानो गाडीहरु कालोप्लेटमा लाखौँ दर्ता भएका छन् । अहिले लाखौँ मानिसहरु सानो गाडीमा दिनहुँ यात्रा गर्छन् । सानो गाडीले छिटो पुप्याउने भएकाले पनि सानो गाडी चढ्न जनता रुचाउँछन् । तर सानो गाडीको नै अग्रिम टिकट यातायात व्यवसायी वा सरकारले नखुलाउँदा जनता दुःखी छन् ।

जनताहरु अहिले , सरकारले ठुलो गाडीको अग्रिम टिकट खुलायो तर सानो गाडीको खुलाएनन भनेर यातायात व्यवस्था विभागका महानिर्दैशकसँग गुनासो गर्छन् । सरकारले सानो गाडीको अग्रिम टिकट खुलाउने व्यवस्था गरेमा सानो गाडीमा आफ्नो गाउँघर जाने मानिसहरुले सरकारले तोकेको भाडामा पनि टिकट पाउँछन् र सहज र सजिलो वातावरणमा घर पनि जान पाउँछन् ।
सानो गाडी चलाउने यातायात व्यवसायीहरु अहिले भन्छन्, हाम्रो कमाइ हुने समय नै यँही दशैँ हो तर सरकारले सानो गाडीको अग्रिम टिकट खुलाएमा हामीहरुले कमाउन पाउँदैनौँ । साथै सानो गाडीको अग्रिम टिकट नखुलाउनका लागि अहिले यी व्यवसायीहरु यातायात व्यवस्था विभाग दिनहुँ जस्तो धाइरहेका छन् । यी व्यवसायीहरु भन्छन्, हामीले विभागलाई लाखौँ रपैँया दिएर सानो गाडीको अग्रिम टिकट खुलाउनबाट रोेकेका छौँ ।
विगतका दशैँहरुमा पनि कहिले पनि सानो गाडीको टिकट नखुल्ने , यातायात व्यवस्था विभागलाई व्यवसायीले पैसा दिने र ५ सय लाग्ने बाटोमा १५ सय लिएर यात्रु ठग्ने गर्थे र यसपालिको दशैँमा पनि त्यहँी हुने छ । साथै दशैँको समयमा ठुलो वा सानो गाडीहरुले जेष्ठनागरिक, अपांग, बालबालिकाहरुलाई भाडा छुट दिदैँनन् । सरकारले सानो गाडीमा १३ सिटको मात्र अनुमति दिएको हुन्छ तर यिनीहरुले २३ देखि २५ जनासम्म हाल्ने र गाडीमा नक्कली सिट राखेर जनता ठगीरहेका छन् ।

सानो गाडीहरुको रोड पर्मिेट रहेको छैन । यिनीहरुले पटकेको आधारमा गाडी चलाउँछन् । साथै यिनीहरुले पनि सुपर डिलक्सको नाममा सरकारले तोकेको भन्दा ४० प्रतिशत बढी भाडा यात्रुसँग लिइरहेका छन् तर यि गाडीहरुको पछाडि एक चक्के हुने भएकाले सरकारले बनाएको सुपर डिलक्सको मापदण्डभित्र यि गाडीहरु पर्दैन र यिनीहरुले यसको भाडा पनि लिन पाउँदैनन् ।
यि सानो गाडीहरुले यात्रुले बोकेको सुट्केस वा झोलाहरुको पनि पैसा लिन्छन् र सिटभन्दा बढी मानिस हालेर दुर्घटना गराएर जनता मार्छन् । दशैँको समयमा जनताले महंगो भाडा पनि तिनुपर्ने र दुर्घटना भएर पनि मर्नुपर्ने । जनताले अहिले यातायात व्यवस्था विभागका महानिर्दैशक पाण्डेयसँग माग गर्छन्, हाम्रोे लागि सानो गाडीको पनि अग्रिम टिकट खुलाइदिनुस् ।
सानो गाडी यातायात व्यवसायीहरुले जनतालाई यसरी ठग्दा पनि यातायात व्यवस्था विभागका महानिर्दैशक पाण्डेय के हरेर बस्छन् र तपाइँ हामी जनताको लागि महानिर्दैशक भनेको कि यातायात व्यवसायीको लागि भनेर जनता यातायात व्यवस्था विभागका महानिर्दैशकसँग प्रश्न गर्छन् । साथै कि सानो गाडीलाई चलाउन नदिनु वा दर्ता खारेज गरिदिनुस् होइन भनेर यी गाडीहरुको अग्रिम टिकट खुलाइदिनुस् ।

सानो गाडी चढेर दशैँ मान्न जाने हामी जनताहरु जुन दिन घर जाने त्यँही दिन टिकट काट्ने गछौँ र टिकट काट्न जाँदा त्यहँी टिकट सकिएमा भनिने र महंगो पैसा दिएमा मात्र टिकट दिइने गरिन्छ यसले गर्दा जनताहरु मारमा परेका छन् । अघिल्ला महानिर्दैशकहरुले पनि सानो गाडीसँग आर्थिक लेनदेन गरेर अग्रिम टिकट खुलाएका थिएनन भने यसपालि पनि महानिर्दैशक पाण्डेयले आर्थिक लेनदेन कै कारण सानो गाडीहरुको अग्रिम टिकट नखुलाएको जस्तो छ ।

२०७३ सालमा यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेय नै थिए र उनसँग यातायात व्यवसायीहरुको राम्रो चिनजान पनि रहेको छ । जसले गर्दा आज उनले हामी सर्वसाधारणलाई नै बिर्सनु भएको हो । पाण्डेय यातायात व्यवस्था विभागमा महानिर्दैशकका रुपमा आउँदा जनताको उनप्रति निकै आशा रहेको छ । हरियो प्लेट र कालो प्लेटको टयाक्सीको ३५ वर्षदेखि नयाँ दर्ता खुलिएको छैन । अहिले टयाक्सीको जम्मा संख्या ९ हजारमात्र रहेको छ । टयाक्सीमा बेथिति रहेको छ र टयाक्सी यात्रुले भनेको ठाउँमा पनि नजाने र मिटरमा पनि जाने गर्दैन ।
त्यस्तै गरी २० वर्ष पुराना टयाक्सीको स्क्राइप गरेको नम्बर प्लेट १२ लाखमा अहिले बिक्री हुन्छ । यहँी २० वर्ष पुराना गाडीको स्क्राइप गरेको नम्बरप्लेटमा अहिले पनि नयाँ गाडी किनेर टयाक्सी व्यवसायी गरिन्छ । यसरी एउटै मानिसले २०३२ देखि २०७९ सालसम्म व्यवसाय गरिरहेका छन् । जसले गर्दा न टयाक्सी वा भाडाका गाडीको संख्या बढ्छ , न नयाँ व्यवसायी आउन पाउँछन् त न टयाक्सीमा भएको सिण्डिकेट नै हटेको छ ।

पछिल्लो समय यातायात व्यवसायीहरु सरकारले गरेको २० वर्ष गाडी हटाउने निर्णय उल्टाउन ठुलो आर्थिक चलखेल गरिरहेका छन् । अब सरकारले २० वर्ष गाडीको पुरानो नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गर्न पनि दिनुहुदैँन र यिनीहरुको दर्ता खारेज गर्नुपर्छ । अब खुला प्रतिस्पर्धा गर्न दिनुपर्छ । साथै टयाक्सी वा हरियो र कालो प्लेटको गाडीको पनि नयाँ दर्ता खुलाउनुपर्छ । एयरर्पोटमा २०५० सालदेखि हरियो प्लेटको टयाक्सीमा सिण्डिकेट छ र २०७ ओटा मात्र टयाक्सी रहेको छ । एयरपोर्टबाट बानेश्वर आएको ३ हजारसम्म लिइन्छ । के यो टटयाक्सीको ठगीधन्दा होइन र । मिटरमा यात्रु नबाक्ने र यात्रुले भनेको ठाउँमा नजाने तर सरकार पनि नयाँ टयाक्सीको दर्ता नखोल्ने ।

यातायात व्यवसायीहरुले सिण्डिकेट लगाएर जनतालाई ठग्दा वा लुटदा पनि यातायात व्यवस्था विभागका महानिर्दैशक पाण्डेय चुपचाप बसिरहेका छन् । न बढी भाडा लिने व्यवसायीहरुलाई अनुगमन गरेर कारबाही नै गर्छन् न सानो गाडीको अग्रिम टिकट नै खुलाउँछन् । यसबाट त व्यवसायीको अघि महानिर्दैशक लम्पसार परिरहेको जस्तो देखिदैँन र अहिले सरकारले तोकेको भाडा कति हो भनेर जनतालाई थाहा छैन जसले गर्दा यातायात व्यवसायीहरु जनतासँग मनलागी भाडा लिइरहेका छन् । एउटा उदाहरण नै भन्दा कोटेश्वरबाट काभ्रेको पाँचखाल तामाघाट भएको ६ महिनाअघि ९० रुपैँया लिइन्थ्यो भने अहिले १७० रुपैँया लिइन्छ । के यो सरकारले तोकेको भाडा रेट हो त । सरकारले तोकेको भाडा यातायात व्यवस्था विभागको भित्तामा टाँसेर राखिएको छ भने जनताले देख्न पाएका छैनन् । सरकारले कति किलोमिटर सम्म कति भाडादर तोकेको छ भनेर हामी जनतालाई थाहा नै छैन । सरकारले तोकेको भाडादर गंगपुरको नयाँबसपार्क, कलंकी, कोटेश्वरमा जनताले देख्ने गरी राखिदिने हो भने जनता ठगीनबाट जोगिन्थे ।

साथै यता सानो वा ठुलो गाडीको टिकट काट्ने काउण्टरमा सरकारले तोकेको भाडालिस्ट राखिएको हुदैँन । जसले गर्दा हामी जनता वा यात्रुले जति काउण्टरले माग्छ त्यति नै भाडा वा पैसा तिनुपर्छ । साथै महंगो भाडा लिएको थाहा पाएपछि पनि कता गएर उजुरी गर्ने भनेर हामी जनतालाई थाहा हुदैँन । गाडीहरुमा यातायात व्यवसायीहरुले राखेको भाडालिस्ट पनि सरकारले प्रमाण्ति गरेको भाडा लिस्ट हुदैँन ।
यिनीहरुले गाडीमा राखेको भाडालिस्ट पनि यातायात पालिकहरुको छाप र अधयक्षको दस्तखतमा तयार पारिएको हुन्छ । जसले गर्दा त्यहाँ सरकारपक्षको दस्तखत र फोन नम्बर पनि हुने गर्दैन । लोकल गाडीहरुले पैसा लिन्छ तर टिकट दिदैँन र लामो रोडका गाडीहरुले टिकट दिएतापनि टिकटमा सरकारपक्षको फोननम्बर हुदैँन । अब सरकारले यात्रुले काट्ने टिकटमा सरकारपक्षको फोननम्बर अनिवार्य रुपमा राख्नुपर्छ । साथै पैसा लिने तर टिकट नदिने यातायात व्यवसायीहरुलाई पनि कारबाही गर्नुपर्छ ।

टिकटमा अबदेखि गाडीधनीको नाम, गाडी दर्ता भएको मिति, सिटनम्बर, सरकारपक्षको नम्बर लेख्नुपर्छ । दशैँमा जनता ठग्ने र मार्ने यातायात व्यवसायीहरुलाई अब कारबाही गर्नुपर्छ । साथै यता लामो रोडको गाडीको यातायात व्यवसायीहरुले टिकट खुलेको मितिले २ दिनमा टिकट सकिएको भनेर बहाना बनाउने र हजारको टिकटलाई दुई हजारमा बेच्ने गर्छन् । पर्दाभित्र बसेर यातायात व्यवसायीहरुले बिचौलियामार्फत दशैँमा जनता ठग्ने गर्छन् । यता टिकट काट्ने काउण्टरमा गयो भने टिकट छैन भनिने तर महंगो पैसा दिन्छु भनेपछि जतिपनि पाउने । यो कताको चलन हो ।
प्लेनहरुमा पनि दशैँको समयमा यँही चलन चल्दै आइरहेको छ । दशैँको समयमा यातायात व्यवसायी र प्लेन व्यवसायीहरु जनता ठग्न कस्सेर लागिपरेका हुन्छन् । यातायात व्यवसायीहरुले जनतासँग सुपर डिलक्सको नाममा लिएको ४० प्रतिशत बढि भाडा सरकारले अब हटाउनुपर्छ । कानूनमा तीन वर्ष पुगेपछि गाडीले सुपर डिलक्सको भाडा लिन पाउँदैन तर यहाँ त १६ देखि १७ वर्ष पुगेका गाडीहरुले पनि सुपर डिलक्सको भाडा लिने गर्छन् । यात्रुहरु गाडीको सिटमा गएर बस्दा सिटले यात्रुको कपडा च्यात्ने, पानी गाडीभित्र नै आउने, झप्यालको सिसा सबै फुटेका गाडीहरुले पनि अहिले सुपर डिलक्सको भाडा यात्रुसँग लिइरहेको छ ।

कानूनमा ६ वर्ष पुगेका गाडीहरु रातिको समयमा चल्न पाउँदैनन तर यँहा त १६ देखि १७ वर्षसमेत पुगेका गाडीहरु रातिको समयमा चलिरहेको पाइन्छ । अहिले सानो गाडी चढेर आफ्नो गाउँघर जाने मानिसहरु सरकारले सानो गाडीको अग्रिम टिकट खुलायो कि खुलाएन भनेर बुझ्रन दिनहुँ जस्तो गंगपुर, चावहिल, कोटेश्वरतिर धाइरहेका छन् । तर त्यहाँ भने जुन दिन घर जाने हो त्यहँी दिन टिकट काट्न आउनु भनेर पठाइरहेको छ । पछि टिकट काट्दा यातायात व्यवसायीहरुले भनेको जति नै भाडा तिनुपर्ने भएकाले मानिसहरु महंगो भाडा तिरेर बाध्यताका साथ पनि घर गइरहेका छन् । अब सरकारको यसप्रति ध्यान जान निकै जरुरी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर