दिपेन्द्रको तेश्रो गीत "नेपालकी छोरी मनकी छु गोरी" सार्वजनिक (भिडियो सहित) — OSNepal

दिपेन्द्रको तेश्रो गीत “नेपालकी छोरी मनकी छु गोरी” सार्वजनिक (भिडियो सहित)

LC (KTM) September 16, 2022 0

पोखरा- स्थायी घर पोखरा भए पनि हाल जापान बसोवास गर्दै आएका दिपेन्द्र अधिकारीको “नेपालकी छोरी मनकी छु गोरी” बोलको गीत सार्वजनिक भएको छ । प्रवासमा बसोवास भएपनि नेपाली संस्कृति, कला, साहित्यमा कलम चलाउने अधिकारीको तेश्रो गीत सार्वजनिक भएको हो ।

डि.ए. क्रियशनको मनमोहक पोखरा, चुलबुल चुलबुल भान्जी पछिको तेश्रो प्रस्तुतिमा रहेको उक्त गीतमा स्वर बालगायिकाद्वय यात्रिका हुमागाईँ र सृजीता ढकालले दिएका छन् भने आस्था पौडेल, घनश्याम जोशी, प्रेणीता शर्मा, शोभा पाठक, असिम पौडेल र प्रकाश ढुङ्गानाको अभिनय रहेको छ । यसरीनै नृत्यमा साथ दिएका छन ब्राइट फ्यूचर डान्स सेन्टरका प्रशीक्षार्थी अइस्मा पुरी, समृद्धी पौडेल, सीमा भट्ट, शीवानी श्रेष्ठ, फीओना श्रेष्ठ र दीक्षा कार्कीले।

उत्तम हुमागाईँले छायाङ्कन गरेको गीतमा, निशान घिमिरेको सम्पादन, बिकास नेपालीको नृत्य निर्देशन र रोहन नेपालीको निर्देशन रहेको छ भने भिडियो निर्माणको सम्पूर्ण तारताम्य गीतकार प्रकाश सुवेदीले मिलाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर