बालेन जस्तै आगामी चुनावमा जनताको हितमा काम गर्नेलाई भोट दिऊ — OSNepal

बालेन जस्तै आगामी चुनावमा जनताको हितमा काम गर्नेलाई भोट दिऊ

LC (KTM) September 16, 2022 0

रुषा थापा- अहिले चुनाव लड्नका लागि वा टिकटको लागि जिल्ला जिल्लाका कार्यकर्ताहरु नेताको घरघरमा धाइरहेका छन् । नेताहरुले भने कि आफ्नो मानिसलाई टिकट दिइरहेको वा ३ करोडदेखि ५ करोडसम्म पैसा लिएर ठेक्कदार , गुण्डा र व्यापारीहरुलाई टिकट दिइरहेको कुरा सुन्नमा आएको छ । यत्रो पैसा खर्च गरेर टिकट लिएको मानिसले झन् चुनावमा दशौँ करोडसम्म खर्च गरेर चुनाव जित्ने गर्छ । आफूले भ्रष्टाचार गरेर वा राज्यलाई तिर्नुपर्ने राजस्व छलेर कमाएका पैसाहरु अहिले व्यापारी र ठेक्कदारहरुले पार्टीलाई टिकट पाउनका लागि खर्च गरिरहेका छन् । अहिले पार्टीमो धेरै वर्ष काम गर्ने वा जनताको हितमा काम गर्ने मानिसले पैसा दिन नसक्दा टिकट पाएका छैनन् र चुनाव लडनबाट वञ्चित भइरहेका छन् ।

पार्टीका नेताहरुको अघिपछि जुन व्यापारी वा ठेक्कादारहरु लाग्छन् वा पैसा दिन्छन् त्यसले नै टिकट पाउँछ । अहिले पैसा हुने मानिसहरु पार्टीलाई पैसा दिएर टिकट लिनका लागि नेताको घरमा दौडधुप गरिरहेका छन् । अहिले जति चुनावमा खर्च गरेको छ भोलि चुनाव जितेपछि त्यसको दोब्बर भ्रष्टाचार गरेर उठाउने गरिन्छ । पछिल्लो समय पार्टीमा २० वर्ष जनताको हितमा काम गरेपनि पैसा छैन भने टिकट पाइदैँन ।

आगामी चुनावमा काठमाडौँको क्षेत्र नम्बर ४ बाट चुनाव लड्न नेपाली काँग्रेसले महामन्त्री गगन थापालाई टिकट दिएपछि जनताहरु आक्रोश बन्दै थापाको विरोध गरिरहेका छन् । २०७० ÷७४को चुनावमा यहँी क्षेत्रबाट थापाले चुनाव लडेर जितेका भएका थिए र स्वास्थ्य मन्त्री समेत बनेका थिए । तर उनी मन्त्रीमा पुगेपछि उनले जनताहितमा एउटै काम गरेनन् । पदमा पुगेपछि मत दिने जनतालाई नै बिर्सिएको र काम नगरेको भन्दै यस क्षेत्रका जनता उनको अहिले विरोध गर्छन् ।

त्यसकारण यसपालिको चुनावमा काँग्रेस पार्टीले थापालाई टिकट दिएतापनि जनताले उनलाई भोट दिदैँनन् भनेर सबैलाई थाहा भइसकेको छ । त्यस्तै यता काँग्रेसकै अर्को महामन्त्री विश्वप्रकाश शर्माले २०७४ सालको चुनावमा झापाबाट हारेका थिए र यसपालिको चुनावमा पनि उनले हार्ने छन् भनेर झापा कै जनताहरु बताउँछन् । काँग्रेसका युवानेता भनिने वा महामन्त्री भनिने यी दुई ओटै नेतालाई जनताले विश्वास गर्दैनन् ।

यिनीहरुको पृष्ठभूमि केलाउने हो भने यीनीहरुले कहिलेपनि जनताको हितमा काम गरेनन् तर मिडियाबाजी गर्न भने कसैले भ्याउदैँन । अहिलेको चुनावमा जनताले भोट नदिएर हार्नुपरि पछि यिनीहरु सांसद पनि बन्न पाउँदैनन् । साथै पार्टीको महाधिवेशनमा पार्टी सहपति भएर वा देशको प्रधानमन्त्री हुन पनि पाउँदैनन् ।
यिनीहरु डा.शेखर कोइरालाको पार्टीका मान्छेहरु हुन् भनेर जनता नै बताउँछन् । काँग्रेसका सहपति वा प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिले गठबन्धन टिकाउन हम्मेहमे परिरहेको छ । त्यस्तै अहिले गठबन्धनभित्र सिटको भागवण्ड मिलाउन सकिहेको छैन भने उता डा.शेखर कोइराला र एमालेका अध्यक्ष केपी ओली भेटे गरेर देउवालाई असफल बनाउने प्रयास गरिरहेको छन् ।

सय सिटभन्दा मुनि सम्झौता गर्नुहुदैँन भनेर अहिले कोईराला, थापा र शर्मा देउवालाई दबाब दिइरहेका छन् भने उता एमालेका अध्यक्ष ओली गठबन्धन फुटाउन आफ्नो ज्यान फालेर हिडिरहेका छन् । पछिल्लो समय पार्टीमा देउवालाई सहयोग गर्नुको साटो यिनीहरु ओलीसँग मिलेर गठबन्धन तोड्न जुटिरहेका छन् ।अहिलेपनि देउवाको पक्षमा रहेका मानिसहरुले थापा र शर्मालाई टिकट दिनुहुदैँन भनेर भनिरहेका छन् । आगामी चुनावमा कसरी पार्टीलाई विजय गराउने र कसरी बलियो बनाउने भनेर सोच्नुको साटे थापा र शर्मा आफ्नो भागवण्ड मिलाउनतिर नै लागिपरेका छन् । आगामी चुनावमा पार्टीले यिनीहरुलाई टिकट दिएतापनि यिनीहरुलाई जित्न निकै गाह्रो छ भनेर जनता नै बताउँछन् ।

अहिले थापा र शर्माको दाउ भनेको नै जसरी भएपनि आगामी चुनाव जित्ने र सांसद बनेर प्रधानमन्त्री पद खाने । एकतिर ज्योतिषले देउवा ७ पटक प्रधानमन्त्री हुने भन्दै् हल्ला फिजाउँछन् भने अर्कोतिर थापा र शर्माले चुनाव जितेपनि देउवाको पक्षमा रहेका मानिसहरुले यिनीहरुलाई सांसद र प्रधानमन्त्री बन्न दिने छैनन् । गगन थापा र विश्वप्रकाश शर्मा डा. शेखर कोइरालाको पार्टीको मानिस हुन् ।

अहिले कोइरालाका पक्षहरु पार्टीमा ४० प्रतिशत भाग हामीलाई चाहिन्छ भनेर देउवासँग माग गरिरहेका छन् भने उता देउवा भने काँग्रेस एक्लै भएमा आगामी चुनाव हारिन्छ भनेर माओवादीको साहारा लिन पुगेका छन् । पछिल्लो समय बजारमा जनताहरुका अनुसार अहिले सरकार नै प्रचण्ड वा पुष्पकमल दाहालको नेतृत्वमा चलिरहेको छ । त्यस्तै यता गठबन्धन फुटाउन नसकेर ओलीलाई न रातमा निन्द्रा र न दिनमा भोक नै लागिरहेको छ ।ओली अहिले गठबन्धन फुटाउनका लागि कहिले देउवासँग भेटघाट गर्छन् त कहिले कोइराला सँग नै । तर केही गर्दा पनि गठबन्धन फुटाउन नसकेपछि आगामी चुनाव एमाले पार्टी हार्छ भनेर ओलीले थाहा पाइसकेका छन् ।

त्यस्तै यता देशको अर्थतन्त्र टाप पल्टिसकेको भनेर अर्थविदहरु बताउँछन् । तर उता व्यापारी र ठेक्कदारहरु चुनाव लड्न वा टिकट पाउन पार्टीलाई यत्रो पैसा पोखिरहेका छन् भनेर पनि सुनिन्छ । असारदेखि भर्दौसम्म २ खर्ब ६० अर्ब रकम बैंकबाट निक्षेप निकालेको पाइन्छ तर अहिले पाएर त व्यापारीहरुले यहँी चुनाव लड्न भनेर निकालेको पनि बुझिन्छ ।

माओवादीका अध्यक्ष प्रचण्डले देशको अर्थतन्त्र नाजुक अवस्थामा रहेको र देश श्रींलकाको बाटोमा जाँदै गरेको समेत बताएका छन् ।
साथै प्रधानमन्त्री शेरबहादुर देउवा पनि देशको आर्थिक अवस्था नाजुक रहेकाले सरकारी कर्मचारीलाई तलब दिनका लागि पनि विदेशी ऋण लिनुपर्ने बाध्यता आएको बताउँछन् । झन् एमालेका अध्यक्ष केपी ओली त नेपालको अर्थतन्त्र श्रींलका नै बनेको बन्दै भाषण गर्दै हिड्छन् । सूचना तथा सञ्चार मन्त्री पनि देशको अर्थतन्त्रमा केही सुधार नआएको बताउँछन् ।अहिले अर्थविद्हरुका अनुसार नेपालका अर्थमन्त्री जर्नादन शर्मालाई आफ्नो पदको मात्र माया रहेको छ र उनलाई अर्थतन्त्रको बारेमा केही पनि थाहा छैन । यस्तो अवस्थामा पनि व्यापारी र नेताहरुले यत्रो पैसा कताबाट ल्याएर चुनाव जित्छन् त । यसबाट त बैंक र सहकारीमा भएका पैसाहरु मानिसहरुको घरघरमा रहेको प्रमाणित हुन्छ ।

अर्थमन्त्री जर्नादन शर्माले जनताले घरमा लुकाएर राखेको पैसा म निकाल्छु भनेर भनेका थिए तर त्यो पनि उनले निकाल्न सकेनन् र हजार र ५ सयको नोट प्रतिबन्ध लगाई दुई हजारको नयाँ नोट ल्याउन पनि सकेनन् । अहिले अर्थमन्त्रीकै कारण देशको अर्थतन्त्र नाजुक अवसथामा पुगेको र गर्भनरकै कारण व्यापार घाटा पनि बढिरहेको भनेर जनता बताउँछन् ।विगत वा २०७९ सालको स्थानीय चुनावको नतिजा हेर्दा मेयर, गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुमा सबै व्यापारी ,गुण्डा र ठेक्कदारहरुले नै जितेका छन् । यिनीहरुले पैसा नै खर्च गरेर टिकट लिए र पैसा नै खर्च गरेर चुनाव जिते । यसपालि पनि पैसा हुने मानिस नै अघि बढ्ने छन् । अहिले पनि कति राजनितिक दलका नेताहरुले कति व्यापारी वा ठेक्कदारसँग पैसा लिइरहेका छन् र चुनाव जितेपछि सामानको मूल्य बढाउने काम गर्छन् ।

यिनीहरुले चुनाव जितेर आएपछि एनजीओहरुको झोला बोक्ने र चुनावमा गरेको खर्च उठाउने गर्छन् । यसले गर्दा अब झन् विकृति फैलिँदै जाने छ । पार्टी वा पार्टीका सहपति वा अध्यक्षहरुले अहिले राम्रो मानिसलाई टिकट नदिइ आफ्नो र पैसा आउने मानिसलाई टिकट प्रदान गरिरहेका छन् । साथै अनि च्ुानाव जितेपछि चुनावमा गरेको खर्च यिनीहरुले कमिशन लिएर वा भ्रष्टाचार गरेर कमाउँछन् ।

अहिले राजनिति सेवा नभइ व्यापार बनिरहेको पाइन्छ । जनताले अबपनि यस्तालाई आफ्नो भोट दिएर चुनाव जिताइ पदमा पुप्याउनु भनेको भ्रष्टाचार गर्न पठाउनु हो ।कति सांसदहरुले २०४८ सालदेखि २०७४ सालसम्म चुनाव जिते र मन्त्री वा प्रधानमन्त्री बने तर जनताको लागि एउटा सिन्को भाँचेनन्् । अब फेरि आगामी चुनावका लागि पनि यहँी व्यक्तिहरु हामी जनतासमक्ष भोट माग्न आइरहेका छन् र अब हामीले किन यस्तालाई भोट दिने । काँग्रेस पार्टी पनि चुनावको समयमा एक भएको देखाउँछ तर चुनाव सिदिँएपछि भागवण्ड तिर लाग्छ । यता ओलीभने आफ्नो प्रधानमन्त्री पद जोगाउन पार्टी नै फुटाउने वा दुई पटक सांसद विघटन गर्ने गर्छन् ।

एमाले पार्टीले फेरि पनि ओलीलाई नै पार्टीले चुनाव जितेको खण्डमा प्रधानमन्त्री बनाउने भनेर निर्णय गरेको छ तर ओलीसँग के चाहिँ क्षमता छ र प्रधानमन्त्री बन्नलाई । त्यस्तै यता माओवादी पनि काँग्रेसलाई झप्याल बनाएर प्रधानमन्त्री पद खाने दाउमा छ भने उता देउवा पनि माओवादीलाई झप्याल बनाएर प्रधानमन्त्री खाने दाउमा बसिरहेका छन् ।

बाबुराम भट्राई, उपेन्द्र यादव , बामदेव गौतमसँग न सिद्धान्त नै छ न विचार नै । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०७४ सालमा चुनाव त जिते तर सांसदको ५ सालको कार्यकालमा १० पटकपनि सदनको बैठकमा गएनन् ।जनताले तिरेको करबाट तलबभत्ता खाए र सरकारी गाडी चढे तर जनताको हितमा काम गर्ने समयमा एनजीओको झोला बोके । पार्टीका नेताहरु जनताको भोटबाट त चुनाव जितेर आउने तर ओली, देउवा, यादव र प्रचण्ड सदनको बैठकमा भने कहिल्यै नजाने ।

जनताको मतबाट चुनिएर आएपछि सदनमा पनि नजाने र गएपछि जनताको आवाज नउठाउने तर यता कोठे राजनिति गरेर सरकार गिराउनतिर लाग्ने । जनताको भोटबाट आएका सांसदहरुले कहिले मन्त्री नपाउने र नेताको नजिक रहेकाले चुनाव नै नलडेपनि मन्त्री पाउने । के यँही हो लोकतन्त्र । देउवाको नजिक भएर सांसद नै नभएका गोविन्द्र प्रसाद शर्माले कानून मन्त्री खाए भने युवराज खतिवडाले ओलीको नजिक भएर अर्थमन्त्री पद खाए । यसबाट त मन्त्री हुन नेताको साथ मात्र चाहिँदो रहेछ र जनताको मत चाहिदैँ भनेर बुझिन्छ । नेताहरुले आफ्नो नजिकको मानिसलाई मन्त्री बनाउने तर जनताबाट चुनिएर आएको सांसदलाई मन्त्री नदिने । यस्तो दिनको अन्त्य नभएसम्म देशमा परिवर्तन आउन सकिदैँन ।

यता चुनाव हारेको मानिसलाई मन्त्री बनाइन्छ भने चुनाव जितेकालाई वडाध्यक्ष । २०७० सालमा भक्तपुरबाट महेश बस्नेतले चुनाव हारेका थिए तर ओलीले उनलाई उघोग मन्त्री बनाइदिए । जनताले भोट नदिएर हराएको मानिसलाई ओलीले मन्त्री बनाउँदा शक्तिले गर्दा जे पनि हुन्छ भन्ने उदाहरण जनताले देख्न पाए । बस्नेत उघोग मन्त्री भएपछि अघिल्लो मन्त्रीले गरेको उपत्यकाभित्र इँटाभट्टा हटाउने निर्णय उनले उल्टाइदिए र मदिराको पनि लाइसेन्स खुलाइदिए । यसरी जनता र राष्ट्रको हितमा नरहेको निर्णय गर्दा बस्नेतले करोडौँको आर्थिक चलखेल गरेको भनेर जनता नै बताउँछन् ।

अब यस्ता नेताहरुलाई फेरि पनि हामी जनताले भोट दिने कि नदिने भनेर सोच्ने समय आइसकेको छ । नेताहरुको पृष्ठभूमि हेर्ने हो भने यिनीहरु सबै गुण्डा, दलाल, ठेक्कदार नै रहेका छन् । के यस्ता व्यक्तिहरुलाई पनि हामीले जिम्मेवारी पद दिन सुहाउँछ त । यदि यिनीहरु पदमा पुगेमा यिनीहरु जस्तो छन् त्यस्तै देश बनाउँछन् । त्यसकारण अब जनताले आगामी चुनावमा राम्रो मानिसलाई भोट दिनुपर्छ । एक पटक चुनाव जितेर पदमा पुगेपछि जनताको हितमा केही काम नगरेका मानिसलाई अब हामीले भोट दिनुहुदैँन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर