बालगीत मझेरीमै नाच्न देऊमा मेलिना राईको स्वर, आयुष्मा भुजेलको अभिनयको चर्चा — OSNepal

बालगीत मझेरीमै नाच्न देऊमा मेलिना राईको स्वर, आयुष्मा भुजेलको अभिनयको चर्चा

LC (KTM) September 16, 2022 0

काठमाडौँ ।

सुप्रसिद्ध कवि तथा गीतकार रामबाबु सुवेदीको शब्द श्रृजनामा तयार भएको मझेरीमै नाच्न देऊ बोलको बालगीतको भिडियो रिलिज गरिएको छ । संगीतकार डिल्ली प्रसाद चापागाईंको संगीत रहेको बालगीतमा लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको छ ।

छुनामुना टुनाहरु हृदयका गजुर, गजुरलाई म्वाईखाउँ मेरो हजुर जस्ता बाल लोकलयमा आधारित निकै नै मर्मस्पर्शी र सुनिरहँ जस्तो लाग्ने शब्द समावेश गीत रिलिज गरिएसँगै रामे प्रतिक्रिया आइरहेको गीतकार राम बाबु सुबेदी बताउँछन् ।

बी।बी। अनुरागीको एरेन्ज रहेको गीतको भिडियोको निर्देशन पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक आचार्य गोपालको निर्देशनमा तयार भएको भिडियोको निर्माण राम बाबु सुबेदीले गरेका हुन् ।

सार्वजनिक बाल गीतमा सुन्दर नगरी पोखराकी सानी नानी आयुष्मा भुजेलले मुख्य भूमिकामा अभिनय गरेकी छिन । जसमा स्थानीय बालबालिकाहरुको पनि अभिनय देख्न सकिन्छ चिसंखुका बाल कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

सार्वजनिक भिडियोमा कोरियोग्राफर साहारा कोइराला , छायाँकन सुजय गौतम , सम्पादन चानस पुन मगरको रहेको छ । सार्वजनिक बाल गीत राम बाबु सुबेदीको अफिसियल युटुब च्यानलबाट दर्शकमाझ ल्याइएको हो भने भिडियोको प्रायोजक छबिलाल सुबेदी र बिमला सुबेदी हुन् ।

बाल साहित्य र बाल गीतमा बिगत ५० वर्ष देखि कलम चलाउदै आउनु भएका सुबेदीका आइताबारै बिहानै घाम सित उठे म , मेरो गाउँ ज्यामिरे लगाएत सयौ बाल गीतहरु हिट छन् । उनी जीवनको ८१ वर्षमा पनि बाल साहित्य र बाल गीत लेखनीमा सक्रिय गीतकार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर