लामो समय पछि मोडल रन्जिता गुरुङ अभिनित म्युजिक भिडियो सार्वजनिक — OSNepal

लामो समय पछि मोडल रन्जिता गुरुङ अभिनित म्युजिक भिडियो सार्वजनिक

LC (KTM) September 17, 2022 0

काठमाण्डौं :

गायक प्रविन बेडवालको स्वर रहेको गीत ‘बाध्यतामा’ सार्वजनिक भएको छ । प्रेम गुरुङको शब्द तथा मीन गुरुङको संगीत र कृष्ण साउदेन लिम्बुको एरेन्ज रहेको गीतको भिडियोमा प्रेम गुरुङ, रंजिता गुरुङले फिचर्ड छन् ।

मायामा परेको जोडीको भावलाई गीत मार्फत प्रस्तुत गरेका छन् । ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छौँ । गीत अनुसार नै भिडियो तयार भएको छ’ गीतकार प्रेम गुरुङ भने ।

सार्वजनिक गीतको भिडियोलाई शम्भु मोक्तानको छायाँकन , बन्दे प्रसादको सम्पादन तथा गोविन्द राईको निर्देशन भिडियोमा रहेको छ । ‘गीतमा प्रेम र बेदनालाई व्यक्त गरिएको छ ।

साथै प्रविधिलाई पनि जोडेअनुसार नै भिडियोमा प्रस्तुत गरेको छु’ गीतकार प्रेमले भने । गीतमा तुलसी गुरुङ,गुरी गुरुङ र आश्मीन गुरुङको समेत गीतमा अभिनय देख्न सकिन्छ ।‘बाध्यतामा’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर