टुकुचा खोला खोज्ने अभियान निरन्तर जारी : शनिबार पनि कमलादीमा लक्ष्मी बैंक कार्यालय छेउमै भेटियो टुकुचा — OSNepal

टुकुचा खोला खोज्ने अभियान निरन्तर जारी : शनिबार पनि कमलादीमा लक्ष्मी बैंक कार्यालय छेउमै भेटियो टुकुचा

LC (KTM) September 17, 2022 0

काठमाडौं :

काठमाडौं कमलादी मालक्ष्मी बैंक कार्यालय छेउमै टुकुचा खोला भेटिएको छ । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्ने अभियान निरन्तर जारी राखेका बेला लक्ष्मी बैंक कार्यालय छेउमै टुकुचा फेला परेको हो ।

सोहि क्रममा १०-१२ फिट तल टुकुचा खोला फेला परेको महानगरले जानाएको छ। खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको महानगरले जनाएको छ।

१२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकाल्दै काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन ९काठमाडौं प्लाजाको उत्तरतर्फ० देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउन भनेको थियो ।

महानगरले पछिल्लो समय टुकुचा खोलाको बहाब क्षेत्र पत्ता लागाइ फेला पार्ने अभियानै संचालन गरि काम गरिरहेको छ। अभियान निरन्तर जारी राखेको बेला शनिबार टुकुचा खोला खोज्न महानगरपालिकाको टोली डोजरसहित कमलादीस्थित लक्ष्मी बैंकको कार्यालय नजिक पुगेको थियो । त्यहाँ उत्खनन गरेर खोला पत्ता लगाइएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर