बालेन र हर्कको उदय सँगै आगामी चुनावपछि क - कसले संसद् छिर्ने मौका गुमाउलान् ? — OSNepal

बालेन र हर्कको उदय सँगै आगामी चुनावपछि क – कसले संसद् छिर्ने मौका गुमाउलान् ?

LC (KTM) September 18, 2022 0

अनुसा थापा-

प्रतिनिधि सभाको पाँच वर्ष कार्यकाल हिजो राति १२ बजेदेखि समाप्त भइसकेको छ । कतिपय सांसद्का लागि संसद् छिर्ने यो अन्तिम पटक हो । नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा, पम्फा भुसालको पनि रोष्टममा बोल्ने मौका सिद्धिएको अनुमान लगाउन थालिएको छ । पार्टीले टिकट दिएपनि जनताको मत पाउन यी नेताका लागि अत्यन्तै कठिनाइ छ ।

यता, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनका लागि पनि संसद्को ढोका थुनिएको अड्कलबाजी गरिएको छ । पाँच वर्षमा लिङदेन १५ चोटि पनि संसद् उपस्थित भएनन् । तलबभत्ता खाने, सेवासुविधा लिने अनि एनजिओको झोले बनेर हिँड्नेलाई संसद्बाट सधैंका लागि बिदा गरिनेछ । यता, मधेशी दलका नेता राजेन्द्र महतोको पनि उही हाल छ ।

आउने चुनावमा उपेन्द्र यादवले राम्रो हार व्यहोर्ने निश्चित छ । उनको पनि संसद्मा उभिने दिन सकियो । नेपाल समाजवादी पार्टीका नेताहरु सबै प्रचण्डको पछिपछि हिँडिरहेका छन् । झलनाथ खनाल, माधवकुमार नेपाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणिा चौधरी, जीवनराम श्रेष्ठले त राजनीतिबाट सन्यास लिए हुन्छ । यता, नेपाली कांग्रेसका गगन थापा, मीनबहादुर विश्वकर्मा र विश्वप्रकाश शर्माले पनि चुनाव हार्ने सम्भावना धेरै छ ।

काठमाडौं क्षेत्र १ बाट प्रकाशमान श्रेष्ठले हात धुनुपर्ने देखिन्छ । नेकपा एमालेबाट केपी शर्मा ओली, महेश बस्नेत, शंकर पोखरेल, योगेश भट्टराई र गोकुल बाँस्कोटाको पनि संसद्मा छिर्ने दिनको अन्त्य भएको बुझ्न सकिन्छ । बाबुराम भट्टराईले पनि गोरखाका जनताको विश्वास गुमाइसकेका छन् । वामदेव गौतम, नारायणकाजी श्रेष्ठले त सदनमा छिर्ने कल्पना त्यगिदिए हुन्छ ।

पाँच वर्षको अवधिमा यिनीहरुले के गरे जनताले राम्रोसंग देखेका छन् । जसको मूल्याकंन आगामी चुनावमा जनताले गर्नेछन् । कुनै नेता जनताको कुरा उठाउदैं रोए, कुनैले सदनमा उभिएर हानाथाप मात्र गरे । माओवादीका नेता गजेन्द्र महत आफ्नो क्षेत्रको कुरै उठाउदैं सदनमै धुरुधुरु रोएका थिए । जुम्लाबाट चुनाव जितेर आएका उनले सरकारले आफ्नो क्षेत्रमा बजेट नहाले र विकास नभएको गुनासो गरेका हुन् ।

केपी ओली प्रधानमन्त्री र युवराज खतिवडा अर्थमन्त्री हुँदाको कुरा हो यो । आफ्नो क्षेत्रमा बजेट नदिएपछि विकास कसरी गर्ने ? र जनताको सामु कसरी मुख देखाउने ? भन्दै उनको आँखाबाट बलिन्द्र आशु झरेको थियो । संसद्मा उभिएर नेता रोएपछि ७७ जिल्लाका जनताको ध्यान खिच्यो । अरु क्षेत्रको जनताले त उनको वाहीवाही गरे नै जुम्लाका जनताले समेत गर्व गरे ।

सदनमा उभिएर यो कुरा भन्न सक्नु निकै ठूलो कुरा हो । नेता होस् त यस्तो भन्दै सबैले उनको तारिफ गरेका थिए । प्रचण्डले एउटै व्यक्तिलाई चार चोटिसम्म मन्त्री बनाए । एउटै व्यक्ति दोहोर्याएर आइरहे । जनार्दन शर्मा चारचोटि र पम्फा भुसाल तीन चोटि मन्त्री बने । तर, गजेन्द्र महतजस्तो व्यक्तिलाई ठाँउ दिइएन् । गजेन्द्र महतले भन्दै आएको एउटै कुराः जनताले भोट दिएपनि पार्टीले टिकट दिदैन् ।

पार्टीलाई पैसा दिन सक्नेले त टिकट पाउने हुन् । उनीसंग त पैसा छैन होला । पार्टीले टिकट दियो भने उनको जीत निश्चित छ । हरेक पार्टी पैसामा बिकेको छ । जनताले नरुचाएपनि पैसा हुनेले मात्र टिकट पाँउछन् । जनताले मनपराउने र जनताको हितमा बोल्ने व्यक्तिले टिकट नै पाउँदैनन् । टिकट नभएपछि जनताको बिचमा जाने ठाँउ नै रहेन् । शीर्ष दलका नेता केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलगायत अन्य सबै जना पैसामा बिकेका छन् ।

टिकट बेचेकै पैसाबाट यिनीहरु चुनावमा जान्छन् । गगन थापाले यसअघि स्वास्थ्यमन्त्री हुँदा अर्बौंको सम्पत्ति जोडेको कुरा लुकाएर लुक्दैन् । जनताको बीमा गराउने भन्दै अर्बौं रुपैंया भ्रष्टाचार गरेका छन् । तर, उनले त्योबाहेक अरु केही काम गरेनन् । इँट्टाभट्टाले प्रदुषण गर्यो भन्दै उपत्यकाबाहिर सार्ने निर्णय गरिएको थियो । यता, मदिराको लाइसेन्ससमेत लामो समयदेखि बन्द थियो । महेश बस्नेतले उद्योगमन्त्री हुदाँ इँट्टाभट्टा नसारेर र मदिराको लाइसेन्स खुलाएर अर्बौं रुपैंया चलखेल गरेका छन् ।

गोकुल बाँस्कोटा त खुलेआम ७० करोडको भ्रष्ट्राचार आरोपमा मुछिएका व्यक्ति हुन् । सूचना तथा सञ्चार मन्त्री हुँदा सामान खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो बाहिर आएका थियो । ७७ वटा जिल्लाका जनताले तिरेको करमा केपी ओलीले रजगज गरे । आफू प्रधानमन्त्री भएको मौका छोपेर उनले सबै बजेट झापामा लगेर भ्युटावरमा खनाए । पार्टीमा २० वर्ष लागेर जनताको काम गरेका व्यक्ति कहिले सांसद् बन्न पाएनन् । बरु, हिजोसम्म राप्रपाको झोले बनेर हिँडेकी कोमल वलीलाई मनोनित सांसद् बनाइदिए ।

एउटा कर्मचारी स्तरबाट आएका युवराज खतिवडालाई अर्थमन्त्री बनाइयो । जनताबाट चुनिएर आएकालाई मन्त्री बनाइएन् । आफ्ना पार्टीका सांसद्लाई वालुवाटारमा बोलाएर अरुलाई कालो अरिगालझैं टोक्नु भन्ने पनि ओली नै हुन् । प्रधानमन्त्री जस्तो पदमा बसेर यस्तो बोल्न नैतिकताले दिन्छ ? प्रधानमन्त्री भएर दिनभरि बाँसुरी बजाएर बस्ने । आफ्नो जन्मदिनमा देशको नक्सा भएको केक काट्ने पनि ओली नै हुन् ।

ओलीको सरकार आउनुअघि देउवाको सरकारले मेरुदण्ड भाँच्चिएका, मुटु रोग लागेका र अन्य दीर्घकालिन रोगीलाई मासिक पाँच हजार दिने निर्णय गरेका थिए । साथै, ६८ वर्षमा भत्ता दिने भनिएको थियो । कांग्रेस हिरो हुन्छ भनेर केपी ओलीले सबै निर्णय उल्टाइदिए । २०७४ सालको चुनावमा भोट माग्ने बेलामा ओलीले वृद्धभत्ता बढाइदिन्छु भनेका थिए । तर, उनी लामो समय प्रधानमन्त्री हुँदा पनि बुढाबुढी र अपांगको भत्ता बढाइएन् ।

उनले आफू र आफ्नो श्रीमती मरेपछि सबै सम्पत्ति सरकारको हुने भनेका छन् । तर, उनले कहाँको सम्पति सरकारलाई दिन लागेका हुन् यसको जवाफ आजसम्म पनि जनताले पाएका छैनन् । तेह्रथुमको हो कि झापाको ? कि बालकोट कै पो सरकारको नाममा गरिदिएका हुन् ? आफू बिरामी हुँदा उनले देश विदेश पुगेर जनताले तिरेको करोडौं खर्च गरेका छन् ।

केही दिनअघि एउटा कार्यक्रममा उनले आफूसंग उपचार गर्ने पैसा नभएको दाबी गरेका थिए । तर, उनले आफ्नो र आफ्नो आफन्तको नाममा २२ अर्ब रकम राखेको चर्चा चलेको छ । २०७४ सालको चुनावमा एमाले पहिलो पार्टी बनेको थियो । जनताले उनलाई पाँच वर्षका देश चलाउन जिम्मेवार दिएका थिए । तर, उनले दुई पटक संसद विघटन गरेको आजसम्म जनताले बिर्र्सिएका छैनन् । फेरिपनि ओलीकै नेतृत्वमा चुनावमा जाने र जनताले चुनाव दिए भने ओलीलाई नै प्रधानमन्त्री बनाउने एमालेमा सहमति जुटेको छ ।
जनताले के आधारमा भोट दिने ? फेरिपनि उनलाई प्रधानमन्त्री बनाउनका लागि जनता त्यति मूर्ख छन् र ? नौं महिनासम्म संसद अवरोध गर्यो । ओली कै निर्देशनमा महेश बस्नेतले सांसद् अपहरण गरे । संविधान बचाउनुपर्छ भन्दै सडकमा कार्यकर्ता उत्रारेर नौटंकी देखाउन ओली अघि बढेका छन् । आफू कुन पृष्ठभूमिबाट आएको हो त ओली र बस्नेतको शब्दबाटै स्पष्ट हुन्छ ।

यिनीहरु नेता नभई गुण्डा भएको स्पष्ट छ । अहिले काठमाडौंका मेयर बालेन्द्र शाहको काम देखेर सबैजना दंग छन् । काठमाडौंवासीलाई गर्व लागेको छ । बालेनको जति काम गर्ने हैसियत राजनीतिक दलमध्ये कसैको पनि देखिएन् । काठमाडौंका जनताले अर्को चुनावमा बालेनलाई योभन्दा धेरै मत दिएर जिताउने छन् । काम नगर्ने उखानटुक्का मात्र भन्ने र जनता झुक्काउनेलाई जनताले सदाका लागि बिदा गर्ने छन् ।

मुखले भ्रष्ट्राचार गर्दिन् भन्ने र कमिशन नखाई केही नगर्नेहरुले राम्रो पाठ पाउनेछन् । काठमाडौं, भक्तपुर, झापा, काभ्रेका जनताहरुले यिनलाई हराउने छन् । जनताहरुमा चेतना आइसकेका छ । अघिपछि हजार जना हिँड्दैमा चुनाव जितिदैन् । जनताले भनेअनुसार एमाले पाँचदेखि सात सिटमै सिमित हुन्छ । प्रचण्ड कहिले यता लहसिने र कहिले उता टासिने गरिरहेका छन् । उनको दोहोरो राजनीतिको पनि अन्त्य हुदैछ । उनलाइृ पनि चुनाव जित्न गाह्रो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर