बाबु बोगटीको ‘सान्नानी तिमीलाई’को रिमेक भर्सनमा बाबुसँगै पुष्प, प्रिज्मा, प्रिन्सी र नन्दिताको अभिनय — OSNepal

बाबु बोगटीको ‘सान्नानी तिमीलाई’को रिमेक भर्सनमा बाबुसँगै पुष्प, प्रिज्मा, प्रिन्सी र नन्दिताको अभिनय

LC (KTM) September 18, 2022 0

काठमाडौँ । गायक बाबु बोगटीले १९ वर्ष अघि रिलिज गरिएको बहुचर्चित गीत सान्नानी तिमीलाईको अपार सफलतापछि फेरी रिमेक भर्सन बजारमा ल्याएका छन् ।

आज काठमाडौं चाबहिलमा एक कार्यक्रमको आयोजना गरी गायक बाबुले ‘सान्नानी’को रिमेक सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालको रहेको छ ।

जसमा गायक बोगटीसँगै यस पटक नायक पुष्प खड्का र मोडलद्धय प्रिज्मा र प्रिन्सी खतिवडाको बेजोड अभिनय देख्न सकिन्छ । २०६१ सालमा सार्वजनिक भएको ‘सान्नानी’ गीत त्यसबेला निकै चर्चित भएको थियो । यो गीतबाटै बाबु सांगीतिक क्षेत्रमा लोकप्रिय बन्दै गउका हुन् ।

१९ वर्ष अघि ओरिजिनल भर्सनको भिडियो स्व आलोक नेम्वागंले निर्देशन गरेका थिए भने आज सार्वजनिक गरिउको भिडियोलाई युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका छन् ।

भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन रहेको छ । सुरेन्द्र बसेलले भिडियोमा कोरियोग्राफी रहेको छ । हेर्नुहोस् यो रमाइलो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर