पहिलो पटक कुवेत टावरमा फहरायो नेपालको राष्ट्रिय झण्डा — OSNepal

पहिलो पटक कुवेत टावरमा फहरायो नेपालको राष्ट्रिय झण्डा

LC (KTM) September 20, 2022 0

काठमाण्डौ :

कुवेत टावरमा पहिलो पटक नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । कुवेत सिटीको कुवेत टावरमा पहिलो पटक नेपाली झण्डा फहराएको हो ।

नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव तथा संविधान दिवसको अवसरमा सोमबार कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा फहराएइएको हो ।

त्यहाँ रहेको नेपाली दूतावासको पहलमा कुवेतको परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमाकुवेत टावरमा विद्युतीय माध्यममार्फत कुवेत र नेपालको राष्ट्रिय झण्डा सँगै प्रस्तुत गरिएको थियो ।

नेपालीहरु कार्यरत देशको टावरमा नेपाली झण्डालाई विद्युतीय माध्यममार्फत प्रस्तुत गर्न पाउँदा कुवेतमा रहेका सबै नेपालीले खुसी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर