भारतमा एकैदिन थपिए ५१ हजार कोरोना सङ्क्रमित, १३ सयले ज्या न गुमाए — OSNepal

भारतमा एकैदिन थपिए ५१ हजार कोरोना सङ्क्रमित, १३ सयले ज्या न गुमाए

LC (KTM) June 25, 2021 0

नयाँ दिल्ली, ११ असार : भारतमा कोरोनाभाइरसबाट थप ५१ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

तर दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने त्योभन्दा बढी रहेको छ । त्यसैले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पनि दिनप्रतिदिन घट्दै गएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले थप ६४ हजार ५२७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको कुल सङ्ख्या दुई करोड ९१ लाख २८ हजार २६७ पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप एक हजार ३२९ जनाको कोरोनाभाइरसका कारण मृ त्यु भएको छ । योसँगै कुल मृ तकको सङ्ख्या तीन लाख ९३ हजार ३१० पुगेको छ ।

भारतमा अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या छ लाख १२ हजार ८६८ रहेको मन्त्रालयले जनाएको छ ।भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ३९ करोड ९५ लाख ६८ हजार ४४८ स्वाब परीक्षण गरिएको जानकारी दिएको छ । ती पछिल्लो एक दिनमा १७ लाख ३५ हजार ७८१ जनाको स्वब परीक्षण गरिएको परिषद्को तथ्याङ्क छ ।

एकैदिनमा ठूलो संख्यामा कोरोनाभाइरस विरुद्धको खोप लगाउने मुलुक समेत रहेको भारतमा बिहीबार मात्रै ६० लाख ७३ हजारभन्दा बढीलाई खोप लगाइएको छ । भारतमा अहिलेसम्म कुल ३० करोड ७९ लाख खोप प्रयोग भएको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । (रासस-एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर