९ वर्षिय रिक्सा चालक अनुपले चिट्ठा किन्ने पैसा नहुँदा फुटाए छोराको खुत्रुके, र जिते २५ करोडको चिट्ठा — OSNepal

९ वर्षिय रिक्सा चालक अनुपले चिट्ठा किन्ने पैसा नहुँदा फुटाए छोराको खुत्रुके, र जिते २५ करोडको चिट्ठा

LC (KTM) September 21, 2022 0

काठमाडौँ । दुई वर्षका छोराको खुत्रुक्के फुटाएपछि अनुप बीको भाग्य चम्किएको छ ।उनले चिट्ठा किन्न छोराको खुत्रुक्के फुटाएर ५० रुपैयाँ लिँदा पत्निले गाली गरिन् तर त्यही पैसाले अनुपले २५ करोड जितेपछि उनको भाग्य चम्किएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार २९ वर्षीय अनुपले ५०० रुपैयाँको चिट्ठा किनेका थिए ।

उक्त चिट्ठा किन्न उनलाई ५० रुपैयाँ नपुगेपछि छोराको खुत्रुक्के फुटाल्दा घरमा लफडा नै परेको थियो । चिट्ठा किनेको भोली पल्ट नै उनी एकाएक मालामाल बनेपछि अहिले अनुपसँग अन्तरवार्ता दिने समय पनि छैन ।

अनुपको भागमा २५ करोडको लोट्री परेपछि उनको परिवारकै लागि भाग्यको ढोका खुलेको छ । अटो रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका अनुपले अब आफ्नो ऋण मात्रै तिर्ने छैनन् । आफ्नो जिन्दगी शानसँग जिृनेछन् ।

उनले उक्त रकमबाट सबैभन्दा पहिला ऋण तिर्ने र घरबार गज्जबसँग बसाल्ने बताएका छन् । बिबिसीसँगको कुराकानीमा उनले चिट्ठामा २५ करोड रुपैयाँ जितेपछि कर कट्टी लगायतका प्रक्रिया पूरा गरेर १५ करोड ७५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले उल्लेख गरेका छन् ।

उक्त रकमबाट ऋण तिरेर बाँकी रहेको पैसाले घर बनाउने, होटल खोल्ने र केही सामाजिक काम गर्ने अनुपले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर