नेपाली मुलकी सबै भन्दा कम उमेरकी फिल्म मेकर अस्मिता श्रीस अन्तरास्ट्रिय रुपमा ख्याति कमाउँदै



बेलायतको ग्लोस्टरसायर बिश्वबिद्यालयबाट फिल्म मेकिङ्गमा ग्रयाजुएसन संगै बिबिसीमा इन्टरनसिप गरेर फिल्म मेकिङ्गमा हात हालेकी अस्मिता श्रीस नेपालि समुदायको सबै भन्दा कम उमेरकी फिल्म मेकर हुन् ।
सामान्य रुपमा मान्छेहरु हतपत यो क्षेत्रमा आउन डराउने हुँदाहुँदै  परिवारको दबाब बीचपनि  करियरको नै जोखिम मोल्दै युवाहरुलाई पनि उछिनेर राष्ट्रिय वा अन्तरास्ट्रिय स्तरमा  ख्याति कमाउन सफल नेपाली युवती हुन् अस्मिता बिशेष गरि डकुमेन्ट्री मेकिङ्गमा रुचि राक्छिंन ।
उनले बनाएका विभिन्न डकुमेन्ट्रीहरु  मध्य विभिन्न फेस्टिभल देखि ब्रिटिश काउन्सिलमा प्रदर्शित हुँदै आएको अन्टी
गंगा हालै सिंगापुरको अनलाइन च्यानल भिडसीले प्राथमिकताका साथ् प्रसारण गरेको छ ।
उक्त डकुमेन्ट्री  बेलायतमा बस्ने गुर्खाज हरुको परिवारमा भाषा रहन सहनको समस्याले पारेको प्रभाव बारे सचित्र बर्नन गरिएको छ । उक्त भिडियो यहाँ हेर्न सकिन्छ

 

लन्डन साउथ ह्यारो  स्थित  एक्प्रेस स्टुडियोमा गोर्खा च्यानलको लागि बेलायतमा बसेर अन्तरास्ट्रिय छवि बनाउन सफल चर्चित पत्रकार  बिमला सेने संगको अन्तरबार्तामा अस्मिताको कुरा सुनौं :

Comment
error: Content is protected !!