जनताको विश्वास गुमाएपछि डुब्दै वित्तिय संस्था — OSNepal

जनताको विश्वास गुमाएपछि डुब्दै वित्तिय संस्था

LC (KTM) September 22, 2022 0

रुषा थापा

नेपाल बैंकर्स संघ र बैंक एसोसियन संघले जनताले बैंकमा पैसा डिपोजिट गरेबापत १३ प्रतिशत ब्याज दिने भनेर निर्णय गप्यो । तर एक वर्षअघिदेखि नै निजी बैंकहरुले भित्री रुपमा वा सहमतिमा जनतालाई डिपोजिट गरेबापत १४ देखि १७ प्रतिशतसम्म ब्याज दिइरहेका थिए । साथै बैंकहरुले कर्जा लगानी गर्दा भित्री रुपमा १ देखि ५ प्रतिशतसम्म सेवाशुल्क र २० देखि २४ प्रतिशतसम्म ब्याज लिइरहेको थियो । अहिले बैंकहरुले डिपोजिटको ब्याजदर बढाउँछुभन्दा पनि जनताले बैंकमा लगेर पैसा राख्दैँनन् । अब जनता ब्याजको लोभमा साँवा गुमाउन चाहादैँनन् ।

वित्तिय संस्थाहरु घाटामा गएर डुबेको भन्ने कुरा जनताले थाहा पाइसकेका छन् । यी संस्थाहरुले लगानी गरेर छिटोभन्दा छिटो मुनाफा कमाउने भनेको नै घरजग्गा, सेयर र गाडी हो । तर यि सबै चिजहरुमा अहिले मन्दी आइसकेको छ । उदाहरणका लागि एक वर्षअघि २५ सयमा किनेको सेयर अहिले सय रुपैँयामा बिक्री नहुनु । जसले गर्दा सेयर लगानीकर्ताहरु अहिले रुवाबासी गर्दै भागिरहेका छन् । एक वर्ष अगाडि ५० लाख आउने सेयर अहिले बेच्दा ४ लाख पनि आउँदैन । सेयर लगानकिर्ताहरु त लगानी डुबेपछि पानी पनि खान नपाएर चुलुम्म डुबेका छन् । साथै यता आफूसँग पैसा भएर सेयरमा लगानी गर्नेहरुले पनि जुँवाताँस खेली नै हाले भने उता वित्तिय संस्थाबाट ऋण लिएर सेयर किन्नेहरुको त उठीबाँस भइ नै हाल्यो ।

सेयर धितो राखेर वित्तिय संस्थाबाट ऋण लिने मानिसहरु सेयरको मूल्य घटेपछि ऋण तिर्न नसकेर भागिसकेका छन् । बैंकहरुले सेयर धितो राखेर दिएको कर्जा न मानिसले नै फिर्ता गर्छ न त्यो बेच्दा लगानी नै पुरा उठ्छ । अहिले वित्तिय संस्थाहरुलाई यी चिजहरु टोक्नु कि बोक्नु जस्तो भइरहेको छ । सेयर धितो राखेर कर्जा प्रवाह गर्ने वित्तिय संस्थाहरु सेयरको मूल्य घटेपछि डुब्ने भएका छन ्।

सेयरमा गरेको लगानी डुबेपछि अहिले कति लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद भएको छ भने कति त लगानी डुबेपछि देश नै छोडेर भागिसकेका छन् । यता कति मानिसहरु तै सेयरमा गरेको लगानी डुबेपछि ऋण तिर्न नसकेर नेपालमै लुकेर बसिरहेका छन् भनेर पनि बजारमा सुनिन्छ । विज्ञ वा अर्थविद्हरुका अनुसार त अब २० वर्षसम्म सेयरको मूल्य बढ्दैँन ।

साथै ३ हजार कित्तामा किनेको सेयर २० रुपैँया कित्तामा समेत बिक्री नहुने दिन आउँछ भनेर पनि मानिसहरु बताउँछन् । बैंकले सय रुपैँयामा निष्कासन गरेको सेयर दलालीहरुले मूल्य बढाएर हजारदेखि ४ हजारसम्ममा पुप्याएका हुन् । तर अहिले त्यँही सेयर सय रुपैँयामा पनि बिक्दैँन । सेयरमा लगानी गर्ने ५३ लाख जनताको खर्बो रुपैँया आज चुलुम्म डुबेर बालुवामा पानी हालेको जस्तो भइरहेको छ ।

पछिल्ल्लो समय बजारमा जताततै एउटै कुरा सुनिन्छ , सेयरमा लगानी गर्दा म पनि डुबे र अरु पनि डुबेर भागे । अहिले बच्चादेखि बुढोसम्मको मुखमा यँही कुरा सुनिन्छ । त्यस्तै यता १ वर्ष अघि आनाको ४० लाखहालेर किनेको घडेरी अहिले मूल्य घटेपछि २ लाखमा समेत बिक्री हुदैँन । आफ्रनै बचत वा पैसा हालेर घडेरी किन्ने मानिसहरु त आज डुबि नै हाले तर महंगो ऋण लिएर घडेरी किन्नेहरुको आज बिल्लीवाठ भएको छ । अहिले मालपोत कार्यालयमा दिनको एउटा दुईटा पनि घरजग्गा नामसरी हुदैँन । पछिल्लो समय यी वस्तुहरुमा मन्दी आएका कारण बजारमा घरजग्गा बिक्री गर्न चाहाने त धेरै छन् तर खरिद गर्ने कोही छैन ।

अहिले जग्गा दलालीहरु त भागिसकेका छन् तर यिनीहरुको लैँलैँमा लागेर घरजग्गामा लगानी गर्नेहरु पनि भाग्दै छन् । त्यस्तै यता घरजग्गा धितो राखेर कर्जा प्रवाह गर्ने वित्तिय संस्थाहरु पनि चुलुम्म डुब्ने भएका छन् । अबको २५ वर्षसम्म घरजग्गाको मूल्य बढ्दैन भनेर विज्ञहरु बताउँछन् । वित्तिय संस्थाहरुले ९८ प्रतिशत लगानी सेयर, घरजग्गा र गाडीमा गरेका छन् । चाँडो नाफा कमाउन, बढी ब्याज र सेवाशुल्क लिन, घुस खान वा आर्थिक लेनदेन गर्नका लागि वित्तिय संस्थाहरुले यी चिजमा लगानी गरे जसले गर्दा आज यी संस्थाहरु डुब्ने अवस्थामा पुगेका छन् ।

कति वित्तिय संस्थाहरुले अहिले मुद्दती खातामा बढी ब्याज दिन्छु भनेर विज्ञापन बजाइरहेका छन् तर मानिसहरु त्यसमा विश्वास गर्दैनन् । मानिसहरु यिनीहरु डुबिसकेका छन् र हामीले हाम्रो पैसा राख्दा हामी पनि डुब्छौँ भनेर सर्तक भइरहेका छन् । अहिले वित्तिय संस्थामा घरजग्गाहरु धितो राखेर कर्जा लिने मानिसहरु हामी कर्जा तिर्न सक्दैनौँ बरु धितो नै लिलाम गर्नुस् भनेर हात उठाउँछन् ।

घरजग्गा बेच्छु भन्दा बिक्री नहुने तर बैंकहरुको ब्याज भने बढेको बढ्यै हुने र तिर्ने पैसा नभएपछि आज मानिसहरुले धितो लिलाम गर्नुस् भन्दे हात उठाइरहेका छन् । साथै ऋण लिएर बैंकको कित्ता तिर्छु भन्दा पनि कसैले ऋण पत्याउदैँन । बजारमा अहिले मानिसहरुका अनुसार, अझै पनि घरजग्गाको मूल्य घट्छ र अझै पनि यसमा मन्दी आउँछ । पछिल्लो समय बजारमा जुन हालत घरजग्गाको भइरहेको छ त्यँही हालत हामीहरु सेयरमा पनि देख्न सक्छौँ ।

यातायात कार्यालयमा गएर सवारीसाधन नामसरी हुने खातमा हेर्दा त्यँहा दिनको एउटा दुईटा पनि सवारीसाधनहरु नामसरी भएको हुदैँन । यातायात कार्यालय वा मालपोतको छेउछाउँमा अफिस खोलेर लेखनदास काम गर्नेहरु पनि अहिले घरजग्गा र गाडीमा मन्दी आएपछि अफिस नै बन्द गरेर वा लेखनदास काम नै छोडेर अरु कामतिर लागिसकेका छन् । बुढोपाकाले भन्ने गर्थे १२ वर्षमा खोला फर्किन्छ । तर यो चकेर्को सेयर, घरजग्गा र गाडीको मूल्य आज यसरी ओरालो लाग्छ भनेर कसैले सोचेको थिएन ।

एक वर्षअगाडिसम्म दिनमा २ गुना र रातमा ४ गुना मूल्य बढ्ने यी चिजहरुको आज मूल्य पुरै घटेको छ । अहिले बजारमा बुढाबुढीका अनुसार घरजग्गाहरुको मूल्य तीन दशक पहिलाको मूल्यमा आएको छ । अहिलेको मूल्य भनेको तीन दशक अगाडीको मूल्य हो । अब घरजग्गामा लगानी गर्नेहरु चुलुम्म डुब्ने छन् र वित्तिय संस्था पनि चुलुम्म नै डुब्ने छ ।

सरकारले निर्धारण गरेको आनाको एक लाखको जग्गा दलालीहरुले मूल्य बढाएर ५० लाख आनामा खरिदबिक्री गर्ने गरे । तर त्यो ५० लाखमा खरिदबिक्री गरेको जग्गा अब फेरि पनि एक लाखमै फर्किन्छ भनेर मानिसहरु बताउँछन् । वित्तिय संस्थाहरुले नाफा कमाउन आँखा चिम्लेर यी चिजहरुमा लगानी गर्दा आज यीनीहरु भटाभटी भाग्ने अवस्थामा पुगेका छन् ।अहिले मानिसहरु वित्तिय संस्था डुब्छ वा भाग्छ भनेर आफ्नो बचत निकाल्न लाइन लागेर बसिरहेका छन् ।
पछिल्लो समय वित्तिय संस्थामा पैसा राख्ने कोही छैन भने निकाल्नेको ताँती लागेको छ । दुई वर्षअगाडी सम्म मानिसले आफूसँग भएको पैसा वित्तिय संस्थामा लगेर डिपोजिट राख्छुभन्दा त्यँहा कम ब्याज मात्र दिइने गरिन्थ्यो । त्यससमय डिपोजिट रकमको ब्याज ३ प्रतिशतदेखि ७ प्रतिशतसम्म दिइने गरिन्थ्यो । तर अहिले बैंकहरुले नै गोप्य रुपमा डिपोजिटको १७ प्रतिशतसम्म ब्याज दिने गरेको सुनिन्छ ।

साथै सहकारीहरुले त २२ देखि ३६ प्रतिशतसम्म ब्याज दिन्छु भनेर मानिससँग पैसा उठाइरहेको कुरा सुनिन्छ र भेटिन्छ । वित्तिय संस्थाहरुले अहिले ऋणीहरुलाई आफूखुशी ब्याज लियरहेका छन् जसले गर्दा उनीहरु ब्याज तिर्न नसकेर बाटोमा रुदै हिडिरहेका छन् । अब वित्तिय संस्थाले हाम्रो धितो खाइदिन्छ र अब हामी सडकछाप हुन्छौँ भन्दै उनीहरु आत्तिदैँ हिडिरहेका छन् । अहिले वित्तिय संस्थाबाट ऋण खाने मानिसहरुले साँवा र ब्याज नै तिर्न सकेका छैनन् । उनीहरु त अहिले नै डुबिसकेका छन् । तर अब झन् संस्थाले ब्याज बढाएपछि उनीहरुले न साँवा नै तिर्न सक्छन् न ब्याज नै ।

वित्तिय संस्थाबाट ऋण खाने धेरै मानिसहरु अब विस्थापन हुने समय आएको छ । अहिलेपनि राष्ट्रिय बैंकले वित्तिय संस्थाहरुको अनुगमन नगर्दा यिनीहरुले कर्जाको मानिसअनुसार फरकफरक ब्याज लिइरहेका छन् । बैंकले कर्जाको १८ देखि २४ प्रतिशतसम्म र सहकारीले २० देखि ४३ प्रतिशतसम्म ब्याज लिइरहेको सुनिन्छ । मानिसले गर्जो टार्न वा आवश्यकता पुरा गर्नका लागि धितो राखेर वित्तिय संस्थाबाट कर्जा लिए तर अहिले महंगो ब्याजका कारण लोन तिर्न नसकेर उनीहरुलाई मर्नु कि बाँच्नु जस्तो भइरहेको छ ।

बैंकबाट ऋण खानेहरु त अहिले चुलुम्म नै डुबिसकेका छन् र अहिले वित्तिय संस्थाहरुले ऋणीको तीन पुस्तासम्मको फोटोहरु पत्रपत्रिकामा दिनहुँ निकालिरहेका छन् तर कसैसँग पनि ऋण तिर्न पैसा छैन । अबको दुई वर्षमा धेरै सहकारीहरु डुब्छन् वा भाग्छन् भनेर बजारमा हल्ला चलेको छ तर यिनीहरुको अहिलेको अवस्था यस्तो देख्दा त यिनीहरु अबको एक वर्षमै डुब्छन् जस्तो छ । वित्तिय संस्थाहरु घाटामा गएको अहिले छलङग देखिन्छ ।

वित्तिय संस्थामा पैसा निकाल्न गएका मानिसहरु अहिले निराशा देखिन्छन् । उनीहरु आफ्नो पैसा डुब्छ भनेर चिन्तित छन् । साथै यता धितो राखेर वित्तिय संस्थाबाट ऋण खाने मानिसहरु पनि ऋण तिर्न सक्दिँन भनेर भनीरहेका छन् । अहिले धेरै मानिसहरुको वित्तिय संस्थाकै कारण दिनमा भोक र रातमा निन्द्रा मेटिएको छ । एकतिर लोन लिनेलाई पनि चिन्ता छ भने अर्कोतिर बचतकर्तालाई पनि चिन्तैचिन्ता छ ।

जनताहरुले वित्तिय संस्थामा विश्वास नभएका कारण पैसा राख्न छोडिसकेका छन् भने उता बैंकले पनि एक लाखको चेक साट्न दाँतबाट पसिना निकाल्छ र सहकारीले ५ हजार फिर्ता गर्न सक्दैँन । सहकारीहरु अहिले दिनहुँ ५ ओटा भागिरहेका छन् भनेर बजारमा सुनिन्छ । सहकारी विभागमा कार्यसमिति वा सञ्चालकबाट मेरो नाम हटाइदिनुस् भन्दै धाउने मानिसहरु यत्तिकै छन् ।सहकारी डुबेको वा घाटामा गएको कुरा अहिले सबै जनताले थाहा पाइसकेका छन् । सहकारीमा मानिसहरुले पैसा राख्न छोडिसकेका छन् ।

आफू कार्यसमिति भएको वा सञ्चालक भएको सहकारी डुबेको कारण मानिसहरुले आफ्नो र आफ्नो परिवारको नाममा भएको चल अचल सम्पत्ति बाहिरी आफन्तको नाममा नामसरी गर्न सुरु गरिसकेका छन् । सहकारी विभागले जनताहरुलाई सहकारीमा पैसा नराख्नुस् भनेर सचेत पनि गराउदैँन र जनताको पैसा लिएर भाग्ने सहकारीलाई कारबाही गरेर दर्ता पनि खारेज गर्दैन । हालसम्म सञ्चालनमा रहेका सहकारीहरुले हिसाबकिताब पनि देखाउँदैनन् र साधारण सभा पनि गर्दैनन् । संस्थाहरु खाली हामी नाफामा छौँ भन्दै आफ्नो संस्था डुबेको कुरा लुकाइरहेका छन् । यीनीहरु जनताका सेवक नभइ जनता लुट्ने संस्था हुन् ।
सहकारी विभागका महानिर्दैशक रुद्रप्रसाद पण्डित जनताले तिरेको करले मात्र तलबभत्ता नपुगेर सहकारीसँग पनि आर्थिक लेनदेन गरिरहेका छन् । यदि उनले सहकारीसँग आर्थिक लेनदेन गरेका छैनन् भने किन उनी जनताको पैसा लिएर भाग्ने सहकारीलाई कारबाही गर्दैनन् ।

कति वित्तिय संस्थाहरुले अझैपनि बढी ब्याजको प्रलोभन जनता फसाइ रहेका छन् । जनताको नजरमा वित्तिय संस्था भनेको ठग वा दलाली हुन् । अब जनताले यी ठगहरुलाई विश्वास गर्नु हुदैँन । यी संस्थाहरुले कति बेला डुबाउँछ भनेर कसैलाई थाहा छैन् । अहिले हामीहरु त्यसको त पैसा सबै सहकारी वा बैंकले डुबायौँ भनेर भन्छौँ तर हामीले पनि समयमै विचार नगरेमा हामीलाई पनि पछि अरुले त्यहँी भन्ने गर्छन् । त्यसकारण अब हामीहरु सर्तक रहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर