दुबईमा कार धुँदै आएका नेपाली भरतले जिते ३४ करोडको चिठ्ठा, हेर्दा हेर्दै यसरी बने करोड पति — OSNepal

दुबईमा कार धुँदै आएका नेपाली भरतले जिते ३४ करोडको चिठ्ठा, हेर्दा हेर्दै यसरी बने करोड पति

LC (KTM) September 22, 2022 0

काठमाडौँ :

हत्तपत्त कसैले चिठ्ठा किन्न कसैले मान्दैनन् तर तर त्यही चिठ्ठो पर्यो भने मानिसको जीबन नै परिर्वतन हुन्छ । कसैले नसोेचको सामान्य काम गर्ने मानिसले करोडौ चिठा जिते के होला । यहा यस्तैै भएको छ ।

नेपालका एक युवकले दुबईमा झण्डै ३४ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । चिट्ठा जित्नेमा ३१ वर्षीय भरत बीके रहेका छन् । उनले दुबईमा केही वर्ष देखी कार धुने काम गर्दै आइरहेका थिए ।

गल्फन्यूजका अनुसार सो रकमको चिठ्ठा जित्ने ३१ वर्षीय भरत पहिलो नेपाली हुन् । चिट्डा जिते पनि उनले व्यक्ति गर्नै नसक्ने खुशी लागेको बताउका छन् ।

उनले भनेका छन्  ‘म त निकै खुसी छु’ उनले भने- शनिवार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ ।यो पैसाले भरत आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न चाहन्छन्। आफ्ना तीन र पाँच बर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने उनको योजना छ। साथै उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि केही पैसा खर्च गर्न चाहन्छन् ।

‘चिठ्ठा जिते पनि म कार धुने काम छाड्दिनँ,’ युएईको दी नेशनल न्यूजसँग उनले भने, ‘युएईले मलाई धेरै अवसरहरू दिएको छ, त्यसैले म यहाँ बस्न चाहन्छु, अहिले छुट्टि लिएर परिवारलाई भेटेर आउँछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर