डेंगु लागेर कोष तथा लेखा नियन्त्रक जयकुमारको मृत्यु — OSNepal

डेंगु लागेर कोष तथा लेखा नियन्त्रक जयकुमारको मृत्यु

LC (KTM) September 22, 2022 0

काठमाडौं :

डेंगु लागेर अछाममा एक जनको मृत्यु भएको छ । मृत्यु हुनेमा कोष तथा लेखा नियन्त्रक कार्यालय अछामका ४९ वर्षीय प्रमुख जयकुमार चन्द रहेका छन् । उनको उपचारका क्रममा भारतको लखनाउमा मृत्यु भएको बताइएको छ ।

१ असोजमा नै डेंगु देखिएपछि चन्दलाई ज्वरो आउने, टाउको दुख्ने र शरीर गल्ने समस्याले झन् असहज बनाएको थियो। ने सुगर र प्रेसरसमेत असन्तुलित अवस्थामाका रहेका उनको सुरुमा दुई दिनसम्म जिल्लामै बसेर उपचार गरे पनि अवस्था झन्झन् जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि कार्यालयकै गाडीमा नेपालगन्ज लगिए पनि पछि त्यहा पनि निको नभएपछि भारतको लखनाउ लगेर उपचार थालिएको थियो।

उनको त्यहा पनि सुगरको मात्रा निकै बढेको र प्रेसर घटेपछि निधन भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर