समिट लघुवित्तको संस्थापक सेयर बिक्रीमा — OSNepal

समिट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

LC (KTM) September 23, 2022 0

काठमाडौं, ७ असोज:

समिट लघुवित्तले आजदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको २२ हजार २१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले शुक्रबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१०, काभ्रेपलाञ्चोकमा सेयर मूल्य र संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

उक्त समयभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर