महंगियाे जग्गाकाे भाउ – OSNepal

महंगियाे जग्गाकाे भाउ

Osnepal September 23, 2022 0

लमजुङ, ७ असोज:

कुनै बेला कौडीको मूल्यमा नबिक्ने झाडीले ढाकेका जग्गाको मूल्य जलविद्युत् आयोजना निर्माणको क्रमसँगै बढ्दै गएको छ । दोर्दीखोलामा जलविद्युत् आयोजना बनेसँगै जग्गाकाे भाउ बढ्नन थालेकाे हाे ।

उत्पादन लिन नसकेका जग्गा पनि जलविद्युत् आयोजनालाई चाहिँदा र चित्तबुझ्दो मूल्य आएपछि आयोजनालाई जग्गा बिक्री गरेर पनि स्थानीय बासिन्दाले अन्य क्षेत्रमा लगानी गर्न पाएका छन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले सन्तोषजनक मूल्य पाएसँगै सदरमुकामलगायत अन्य सहरहरूमा समेत घरजग्गालगायत क्षेत्रमा लगानी गरेका छन् ।

मालपोत कार्यालयले निर्धारण गरेभन्दा पनि स्थानीयको चलनचल्तीको भाउमा महँगो मूल्यमा जग्गा बिक्री गरेको दोर्दीका स्थानीय गोरे गुरुङ बताउँछन् । उनी भन्छन्, ‘उब्जाउ नहुने, कैयाैँ वर्षदेखि बाँझो रहेका जग्गासमेत आयोजनाले राम्रो मूल्य दिएर खरिद गरेको छ ।’

Leave a Reply

Your email address will not be published.

भर्खर