चर्चित अभिनेता दयाहाङ राईलाई पुत्रलाभ, सुटिङबाट हतारिँदै अस्पताल पुगेर लागे पत्निको स्याहारमा — OSNepal

चर्चित अभिनेता दयाहाङ राईलाई पुत्रलाभ, सुटिङबाट हतारिँदै अस्पताल पुगेर लागे पत्निको स्याहारमा

LC (KTM) September 23, 2022 0

काठमाडौं । लोकप्रिय कलाकार दयाहाङ राईलाई पुत्रलाभ भएको छ । शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा दयाकी पत्नि बेनुकाले दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन् । जो अहिले १० वर्षका भइसकेका छन् ।

दयाका अनुसार अहिले आमा र बच्चा दुवै स्वास्थ्य राम्रो छ । उनले आँफु सुटिङबाट भर्खर अस्पताल आएको जानकारी दिँदै भने म भर्खरै आएको हुँ । परिवारमा नयाँ सदस्यको आगमनले निकै खुशी तुल्याएको छ ।

दया हाल ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘फूलबारी’ सेटबाट दयाहाङ सिधै अस्पताल पुगेका हुन् । अहिले उनी अस्पतालमै रहेर पत्नीको स्याहारमा लागिरहेका छन् ।

दया र बेनुकाको विबाह २०६५ सालमा भएको हो । उनकी पत्नि बेनुकाले गायिका हुन् । हाल उनी फिल्म ‘दुई नम्बरी’को प्रचार प्रसारमा पनि ब्यस्त छन् । दयाको फिल्म ‘दुई नम्बरी’ असोज २१ गते प्रर्दशन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर