आमासँग बस्दै आएकी चर्चित गायिका जेरुसा राई नोट लेखेर बेपत्ता, खोजी गर्दे प्रहरी — OSNepal

आमासँग बस्दै आएकी चर्चित गायिका जेरुसा राई नोट लेखेर बेपत्ता, खोजी गर्दे प्रहरी

LC (KTM) September 23, 2022 0

काठमाडौं । गायिका जेरुसा राई बेपत्ता भएकी छन् । कोठामा ‘सु सा इड नो ट’लेखेर उनी बे पत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३० वर्षीया राई आमासहित सानेपामा बस्दै आएकी थिइन् ।

बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन् । पछिल्लो पटक उनी सुन्दरीघाट नजिकको देखिएको खुलेको छ ।

त्यसैलाई आधार बनाएर खोजतलास जारी राखिएको बताइएको छ । उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझ लोकप्रिय छ । राई युट्युबमार्फत गीत सार्वजनिक गरेर चर्चामा आएकी उनले ‘बारुद’ बोलको उनले यो गीत माओवादी द्वन्द्वलाई स्मरण गर्दै लेखेकी थिइन् ।

लामो समय बेलायत बसेर नेपाल फर्किएकी उनले गाएका नेपाली र अंग्रेजीका कभर गीतहरु चर्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर