निर्वाचन आयोगले दियो लौरो चिह्न स्वतन्त्रको भनेर प्रचार नगर्न निर्देशन — OSNepal

निर्वाचन आयोगले दियो लौरो चिह्न स्वतन्त्रको भनेर प्रचार नगर्न निर्देशन

LC (KTM) September 23, 2022 0

काठमाडौँ । लौरो चिह्न कसको हो ? बालेन शाह, हर्क साम्पागंहरुले यही चिन्ह लिएर चुनाव जितेका बेला यसको माग बढेको छ । आगामी निर्वाचनमा लौरोलाई चुनाव चिन्ह्न बनाउन खोज्नेहरुको संख्या बढेको छ । यसैबिच निर्वाचन आयोगले लौरो चिह्न स्वतन्त्रको भनेर प्रचार नगर्न नगराउन निर्देशन दिएको छ ।

यो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको भन्दै आयोगले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा भइरहेको प्रचार रोक्न आयोगले निदेृशन दिएपछि लौरोको पछि लाग्नेहरुलाई धक्का पुगेको छ । शुक्रबार आयोगले एक पत्र सार्वजनिक गर्दै भनेको छ ।

‘दलको नामबाट लौरो चिह्न प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिस्पर्धाको सिद्धान्त विपरीत देखिएको र यसले आम जनमानसमा भ्रम तथा अन्यौलता सिर्जना गर्ने भएकाले त्यस्ता भ्रमक कुराहरु प्रचार प्रसार नगर्न नगराउन अनुरोध छ’ ।

यसैबिच कानुन विपरीत भ्रम सिर्जना गरेकाले कारबाही किन नगर्ने भनेर हाम्रो नेपाली पार्टी र यसका अध्यक्ष अनन्तराज घिमिरेलाई आयोगले तीन दिने स्पष्टीकरण समेत सोधेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर