स्कुल हिँडेका ६ वर्षका विजयलाई जेब्रा क्रसमा नै ठक्कर दिएको बसमा आगो लगाइयो — OSNepal

स्कुल हिँडेका ६ वर्षका विजयलाई जेब्रा क्रसमा नै ठक्कर दिएको बसमा आगो लगाइयो

LC (KTM) September 23, 2022 0

काठमाडौँ ।

स्कूल हिंडेका एक बालकलाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । खबर हो धादिङको गजुरीको ।

जहाँ स्कूल हिंडेका कक्षा १ मा अध्ययनरत ६ वर्षका विजय परियारको निधन भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षका बालक विजयको घटनास्थलमै मृत्यु भएको हो ।

उनको निधन भएसँगै आदर्श माविका विद्यार्थी र स्थानीय वासिन्दाले सडक अवरोध गरेका थिए । प्रहरीका अनुसार काठमाडौंबाट गोरखा जाँदै गरेको बसले जेब्राक्रसमै ठक्कर दिंदा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । रिसको झोकमा बिद्यार्थीरूले ठक्कर दिने बसमाथि आगजनी गरेका हुन् ।

दुर्घटनापछि गजुरी बजार तनावग्रस्त बनेको थियो । थप अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरिएसँगै अहिले भने उक्त स्थानको जनजीवन सामान्य बनेको र अहिले सवारीहरु आवातजावत गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि : म्यादी प्रहरीका लागि एक हजार ५११ को आवेदन : खोटाङमा म्यादी प्रहरीका लागि एक हजार पाँच सय ११ जनाको आवेदन परेको छ । आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३४७ महिला र एक हजार १६४ पुरुषको आवेदन परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामबालक रायले बताए ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त आह्वान गरेको थियो ।

म्यादी प्रहरीको स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा असोज ९ गतेदेखि असोज १४ गतेसम्म दिक्तेलको हेलिप्याडमा सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका र पूर्व सुरक्षाकर्मीले भने स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा दिन नपर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

म्यादी प्रहरीको अन्तिम नतिजा असोज २५ गते प्रकाशन हुने छ । जिल्लामा करिब १२ देखि १३ सयको हाराहारीमा म्यादी प्रहरी छनौट गरिने सूचना अधिकारी एवं प्रहरी निरीक्षक रायले बताए ।

परीक्षामा उत्तीर्ण म्यादी प्रहरीले सुरक्षा व्यवहार सम्बन्धी तालिम लिएपछि नेपाल प्रहरीको जवान सरह तलब, पोसाक र राशन उपलब्ध पाउने गरी कार्यक्षेत्रमा खटिनुपर्ने कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर