राष्ट्रिय खेलकुद प्रतियोगिताः पूर्वी नवलपरासीबाट ७४ खेलाडी सहभागी हुने — OSNepal

राष्ट्रिय खेलकुद प्रतियोगिताः पूर्वी नवलपरासीबाट ७४ खेलाडी सहभागी हुने

LC (KTM) September 23, 2022 0

गण्डकी-गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पूर्वी नवलपरासीबाट ७४ खेलाडी सहभागी हुने भएका छन् । पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ ।

पूर्वी नवलपरासीबाट विभिन्न १५ खेल विधामा २६ महिलासहित ७४ खेलाडीले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले जानकारी दिनुभयो ।
पूर्वी नवलपरासीबाट भलिबल, ब्याडमिन्टन, कराते, खो खोमा, एथलेटिक्स, रग्बी, कुस्ती, फुटबल, तेक्वान्दो, बक्सिङ, सेपाताक्रो, क्रिकेट र शारीरिक सुगठन खेलमा ७४ खेलाडीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै भाग लिने अध्यक्ष पुनले बताउनुभयो ।

छत्तीस विधाका खेल प्रतियोगिता गण्डकीका नौ जिल्लामा सञ्चालन हुने र पूर्वी नवलपरासीमा सेपाताक्रो र कुस्तीको प्रतियोगिता हुनेछ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्न्यास्टिक, कबड्डी, भारोत्तोलन, सुटिङ र पौडी समावेश छ । यस्तै ह्यान्डबल, जुडो, कुस्ती, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, चेस, खोखो, कराते, आइटीएफ तेक्वान्दो, सेपाकटाक्रो, गल्फ, फुल कन्ट्यान्ट कराते, आर्चरी, फेन्सिङ, साइक्लिङ, ट्रायथलन, रग्बी र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर