बोल्नमा छुरा चेपाङकी छोरी, भइन् नेता (भिडियोसहित) — OSNepal

बोल्नमा छुरा चेपाङकी छोरी, भइन् नेता (भिडियोसहित)

LC (KTM) June 26, 2021 0

पुर्णिमाया प्रजा चितवनको माडी नगरपालिका वडा नम्वर ९ को महिला वडा सदस्य हुन् । उनी एक कक्षा पनि पढेकी छैनन् । बिगत देखिनै विभिन्न संघसस्थामा सकृय रहँदै आएका प्रजा मुलुक संघियतामा गएपछि भएको निर्वाचनमा चुनाव जितेर जनप्रतिनिधि भएकी हुन् ।

उनले स्थानिय सरकारसँग चेपाङ समुदायको मुद्धाको बारेमा बहश गर्दै आएकी छन् । अहिले उनिहरु वडा नम्वर ९ को राइडाँडामा रहेको नमुना चेपाङ बस्तीमा बसोबास गर्दै आएका छन् । पहिला उनिहरु वडा नम्वर ९ कै कुसुम खोलामा बस्दै आएका थिए ।

चेपाङ समुदायमाथी राज्यका विभिन्न निकायबाट थिचोमिचो हुँदै आएको भन्दै उनले गुनासो पनि गरेकी छन् । चितवन राष्ट्रिय निकुञ्जको प्रशासनले आफुहरुलाइ निकै दुख दिएको उनले गुनसो गरेकी छन् । एक कक्षा नपढेपनि उनी बोल्नमा छुरा छिन् ।

उनले स्पष्टसँग आफ्नो समुदायको मुद्धा राज्यका निकायसम्म राख्न सक्ने भएकी छन् । ‘पहिला कुुसुम खोलामा हुँदा चेपाङहरु औषधीउपचार नपाएर मर्ने अवस्था थियो ।’ उनले भनिन्, ‘अहिले त्यो समस्या छैन तर, राज्यले हाम्रो समस्या समाधान गर्न अझै सकेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर