भारतलाई महामारीबाट उम्कन लामो समय लाग्छ ! — OSNepal

भारतलाई महामारीबाट उम्कन लामो समय लाग्छ !

LC (KTM) May 13, 2021 0

काठमाडौं-भारतलाई महामारीबाट उम्कन निकै समय लाग्ने अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ चिकित्सक एन्थोनी फाउचीले बताएका छन् । अहिले भारत महामारीको खतरनाक भूमरीमा परेको भन्दै उहांले यसबाट उम्कन निकै समय लाग्ने उनले बताएका छन् ।

भारतले कोरोना महामारीको अवस्थालाई गलत पूर्वानुमान गरेकोले अहिलेको नियति भोगिरेहेको उनको बुझाइ छ । महामारीकाबीच पनि संक्रमण समाप्त भएको भन्दै बन्द गरिएका क्षेत्रहरु पुन सुचारु गरेका कारण अहिलेको भयावह अबस्था आएको भोग्नु परेको डा फाउचीको भनाइ छ ।

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै स्वास्थ्य संकट उत्कर्षमा पुगेको छ । मािनसले अक्सिजन नपाएर छटपटाउदै ज्या न गुमाएका छन् ।नयाँ भेरिएन्ट सजिलोसंग फैलन सक्ने भन्दै वैज्ञानिकहरुले अनुसन्धानमा थप सक्रियता बढाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर