जनकपुरधाममा दसैँको रौनक, राजदेवी मन्दिरलाई बेहुली झैँ श्रृङ्गारियो — OSNepal

जनकपुरधाममा दसैँको रौनक, राजदेवी मन्दिरलाई बेहुली झैँ श्रृङ्गारियो

LC (KTM) September 27, 2022 0

जनकपुरधाम-जनकपुरधाममा दसैँको विशेष रौनकता छाएको छ । जनकपुरधामको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिरसहित अन्य शक्ति पीठहरूलाई नयाँ बेहुली झैँ श्रृङ्गारिएका छन् । दसैँमा श्रद्धालुको केन्द्र बिन्दुको रूपमा रहेको राजदेवी मन्दिरसहित बौधीमाई, अन्नपूर्णा, देवीचौकमा रहेको भगवती मन्दिर, पियरिया माइस्थानलगायत शक्ति पीठहरूलाई विशेष रूपमा सजाइएका हुन् ।

दसैँको पहिलो दिनदेखि सबै मन्दिरमा पूजापाठ गर्नका लागि बिहानदेखि भीड लागेको हो । राजदेवी मन्दिर क्षेत्रको सरसजावटमा महावीर युवा कमिटीले विगत वर्ष झैँ यसवर्ष पनि लाखौँ रकम खर्च गरिएको छ । राजदेवी मन्दिरमा विशेष पूजा तथा भाकलअनुसार बोका बलिको व्यवस्थापन समितिले गर्दै आएको छ ।

राजा जनकको कूल देवताको रूपमा माता राजदेवीलाई मानिन्छ । जनकपुरधामको रामानन्द चोक तथा विद्यापति चोकमा माटोको आकर्षक एवं भव्य प्रतिमा बनाएर विधिवत् रूपमा घटस्थापना गरेर दसैँ पूजा सुरु भएको हो । श्रद्धालु भक्तजनको सुरक्षाका लागि विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान गरिएको र भीडलाई ध्यानमा राखेर आवश्यकताअनुसार प्रहरी पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर