वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अभिनय रहेको गीतको भिडियो ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक — OSNepal

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अभिनय रहेको गीतको भिडियो ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक

LC (KTM) September 27, 2022 0

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अभिनय समावेश गीति भिडियो ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा स्वर गायक स्वरूपराज आचार्यले दिएका छन् । गीतका रचनाकार केदार पनेरु हुन् । पनेरूले मानिसको जीवनका सुखःदुःखका विभिन्न क्षणहरुलाई बोल्ने गरि गीत तयार पारेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वसहसचिव रहेका पनेरूले साहित्य तथा कला क्षेत्रमा समेत कलाम चलाउँदै आएका छन् । कृति न्यौपानेले गीतमा संगीत भरेका छन् ।गीतले समाजलाई रुपान्तरण गर्न सकोस् भन्ने आफ्नो सोँच रहने बताउँदै रचनाकार पनेरूले आउँदा दिनमा पनि गीत लेखनलाई निरन्तरता दिँदै जाने बताए ।वरिष्ठ कलाकार श्रेष्ठले ‘सुखी हुनु छैन मलाई’ले आध्यात्मिक, सन्देशमूलक र मानवताको भाव बोकेको उनले बताए ।

उक्त गीतको भिडियोतर्फ वरिष्ठ कलाकार श्रेष्ठलाई मञ्जु श्रेष्ठ र सुनिल बन्जाडेले अभिनयमा साथ दिएका छन् । साथमा बालकलाकार स्विकृति मगराती, सुगम रेग्मी, अर्पणा श्रेष्ठ र प्रवेश खड्का पनि जोडिएका छन् ।दिनेश पराजुलीले छायांकन गरेको भिडियोमा सम्पादन राकेश दाहालको छ । वसन्त सापकोटाले भिडियोको निर्देशन गरेका छन् ।भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर