निजामती सेवा अध्यादेश जारी गर्ने प्रदेश १ सरकारको निर्णय — OSNepal

निजामती सेवा अध्यादेश जारी गर्ने प्रदेश १ सरकारको निर्णय

LC (KTM) September 28, 2022 0

विराटनगर-प्रदेश नंं १ मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्नेलगायतका निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने’ निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा प्रस्तुत ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सिफारिसबमोजिम विषयगत सल्लाहकार नियुक्ति गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर